back
CTIZAN AD

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

वि.सं.२०८१ पुस ३ बुधवार

762 

shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज पुँजीबजार परिसूचक पाँच दशमलव ६० अङ्कले घटेर दुई हजार छ सय २८ दशमलव २६ को बिन्दुमा कायम भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा तीन सय १४ कम्पनीको ८१ लाख ४७ हजार तीन सय २० कित्ता शेयर ४९ हजार चार सय २१ पटक खरिदबिक्री भएको छ । पछिल्ला दिनहरूमा नेप्सेमा कारोबार रकम निरन्तर घटिरहेको छ । आज पनि कारोबार रकम रू चार अर्ब २७ करोड ८२ हजार मा खुम्चिएको छ ।

वित्त समूह एक दशमलव शून्य सात, लघुवित्त समूह शून्य दशमलव शून्य नौ र व्यापार समूह शून्य दशमलव ५० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ३६, विकास बैंक शून्य दशमलव १६, होटल तथा पर्यटन शून्य दशमलव ४२, जल विद्युत् शून्य दशमलव ३६, लगानी शून्य दशमलव ३२ र जीवन बिमा समूह शून्य दशमलव ३३ प्रतिशतले घटेको छ ।

उत्पादन तथा प्रशोधन शून्य दशमलव ३२, म्युचुअल फण्ड शून्य दशमलव २६, निर्जीवन बिमा शून्य दशमलव १४ र अन्य समूह शून्य दशमलव ३७ अङ्कले घटेको छ ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९० प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको रु १५ करोड ५९ लाख २३ हजार दुई सय ८६ बराबरको एक लाख ७१ हजार चार सय ८६ कित्ता शेयर किनबेच भएको छ ।

 

वि.सं.२०८१ पुस ३ बुधवार १५:४१ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...