back
CTIZAN AD

कतारको राष्ट्रिय दिवस मनाइयो

वि.सं.२०८१ पुस ३ बुधवार

759 

shares
काठमाडौँ । कतारले विभिन्न कार्यक्रम गरी राष्ट्रिय दिवस मनाएको छ ।
कतारका संस्थापक शेख जसिम बिन मोहम्मद बिन थानीद्वारा कतार एकीकरणको स्मरण गरी राष्ट्रिय दिवस मनाइन्छ । थानीले सन् १८७८ को डिसेम्बर १८ देखि आधुनिक कतार राज्यको अवधारणा ल्याएर कतार  एकीकृत, एकताबद्ध र स्वतन्त्र राज्यका रुपमा अघि बढाएका थिए ।
विभिन्न देशमा रहेका कतारका राजदुतावासले पनि राष्ट्रिय दिवस  मनाउने गरेका छन् । राष्ट्रिय दिवसका अवसरमा नेपालस्थित कतारी राजदुतावासले काठमाडौँमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय दिवसका अवसरमा आयोजित रात्रिभोजमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले कतारी जनतालाई शुभकामना दिनुभएको थियो । नेपालका लागि कतारी राजदुत मिशाल विन मोहमद अलअन्सारी र उपराष्ट्रपति यादवले संयुक्तरूपमा केक काटेर रात्रिभोजको सुरूवात गरेका थिए ।
नेपाल कतार बीचको सम्बन्ध सन् १९७७ मा स्थापना भएको हो । यस वर्षको अप्रिलमा कतारका अमिरले नेपाल भ्रमण गरेका थिए । डिसेम्बर १८ कतारले राष्ट्रिय एकता हासिल गरेको र स्वतन्त्र राज्य बनेको दिन हो ।

वि.सं.२०८१ पुस ३ बुधवार १८:४८ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...