back
CTIZAN AD

लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि कार्यान्वयनमा

वि.सं.२०८१ पुस ४ बिहीवार

639 

shares

लुम्बिनी । यहाँका स्थानीय होटल र लुम्बिनी विहार बीचको विवाद समाधान भएको छ । यसका लागि लुम्बिनी होटल सङ्घ र विहार सञ्चालकबीचको बुधबार आठबुँदे सहमति भएसँगै विवाद समाधान भएको हो ।

लुम्बिनी विकास कोषको पहलमा लुम्बिनी होटल सङघ, लुम्बिनी सांस्कृतिक नगरपालिका र जिल्ला प्रशासनको संलग्नतामा होटल र विहारका विषयमा देखिएका समस्या समाधान गर्न ‘लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि २०८१’ बनाइएको थियो ।

सांसद वासुदेव घिमिरेको उपस्थितिमा कोषका उपाध्यक्ष डा ल्हारक्याल लामासहित होटल व्यवसायी, विहारका प्रतिनिधिको बैठकले विवाद समाधान गर्दै सो कार्यविधि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेका विहार गुम्बामा तीर्थयात्रीलाई होटलमा जस्तै सुबिधा दिइएकोजस्ता विषयलाई लिएर ती दुई निकायका बीचमा विवाद हुँदै आएको थियो । होटेल व्यवसायी र गुम्बा विहारको विषयले अन्तर्राष्ट्रियस्तरमा समेत नकारात्मक प्रचार हुन नदिन कोषकै नेतृत्वमा लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि २०८१ तयार पारिएको हो ।

कार्यविधिले गुम्बा विहारमा निश्चित सङ्ख्यामा भिक्षु, लामा भन्ते, आर्थिक अवस्था कमजोर भएका तीर्थयात्री र चन्दादातालाई मात्रै राख्ने र होटल व्यवसायीले समेत गुम्बा विहारमा आएका धार्मिक तीर्थयात्रीलाई आत्मिक स्वागत सत्कार गर्ने गरी कार्यविधि तयार पारिएको जनाइएको छ ।

सांसद घिमिरेले लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीयस्थल भएकाले यहाँ विश्वभरका पर्यटकरुलाई आर्कषित गर्ने गरी वातावरण बनाउनुपर्नेमा जोड दिए । कोषका उपाध्यक्ष डा लामाले दुई पक्षबीचमा भएको सहमति पूर्णरुपमा कार्यान्वयन गर्न निर्देशन दिए । उनले विवादले अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको गलत सन्देश गइरहेकोमा अब त्यसको अन्त्य भएको बताए । उनले लुम्बिनी विकास कोषसहित होटल व्यवसायी र गुम्बा विहारका प्रतिनिधिबीचको छलफलबाट कार्यविधि तयार पारिएकाले अब यसको कार्यान्वयन सबै मिलेर गर्नुपर्ने बताए ।

यस्तै लुम्बिनी होटल व्यवसायी सङ्घ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले गुम्बा विहार र होटल व्यवसायीबीच भएको असमझदारी कार्यविधि बनेसँगै अन्त्य भएको बताए । उनले कार्यविधिको इमान्दारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरे ।
रासस

 

वि.सं.२०८१ पुस ४ बिहीवार ०८:३४ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...