back
CTIZAN AD

जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन

वि.सं.२०८१ पुस ४ बिहीवार

615 

shares

मनाङ । निर्माणाधीन मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना समयमा निर्माण सम्पन्न गर्न १७ सदस्यीय सहजीकरण समिति गठन गरिएको छ । प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको समन्वय र प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको संयोजकत्वमा आयोजित भेलाले प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङको नेतृत्वमा १७ सदस्यीय समिति गठन गरिएको हो ।

भेलामा बोल्दै सांसद गुरुङले भने, “मनाङ प्राकृतिक सम्पदाको भण्डार हो, यहॉ जलविद्युत् बाहेक शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको पनि प्रचुर सम्भावना छ, जलविद्युत् आयोजनाले यसमा सहयोग पुग्नेछ ।” एक सय ३५ मेगावाटको आयोजना निर्माण बिना अवरोध सम्पन्न गर्नु जिल्लावासीको कर्तव्य भएको उनले बताए ।

यस आयोजनाले मनाङवासीका लागि कोभिड– १९ को बेला र बाढीपहिरोको समयमा सहयोग गरेको र हालै मात्र बेँसीसहर–चामे सडकको स्तारोन्नति गरिरहेको जनाएको छ । आयोजना निर्माणसँगै निर्माण पक्षले लमजुङको खुदीदेखि कोतोसम्म ५० किलोमिटर सडक स्तरोन्नति र साँघुरो स्थानहरुमा विस्तार सुरु गरेको छ ।

सहजीकरण समितिमा नासोँ र चामे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, प्रभावित वडाका वडाध्यक्ष, मनाङ मस्र्याङ्दी जलविद्युत् कम्पनीका पाँच प्रतिनिधि, जिल्ला समन्वय समितिका महिला सदस्य, जिल्लास्थित सुरक्षा निकायका प्रमुख सदस्य छन् ।

वि.सं.२०८१ पुस ४ बिहीवार १३:११ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...