back
CTIZAN AD

एनआरटी क्लब झापा कपको सेमिफाइनलमा

वि.सं.२०८१ पुस ४ बिहीवार

555 

shares

झापा । कप्तान अञ्जन विष्टको ह्याट्रिक गोलको मद्दतले एनआरटी क्लब काठमाडौँ झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले आज सम्पन्न खेलमा चित्लाङ एफसी क्लबलाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।

खेलको १३औँ मिनेटमा एनआरटीका लागि कप्तान अञ्जन विष्टले पहिलो गोल गरे । यस्तै खेलको ३६औँ मिनेटमा उनले नै पेनाल्टीमार्फत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई २–० को अवस्थामा पु¥याए । चित्लाङ एफसीका गौरव श्रेष्ठले अञ्जनलाई लडाएपछि एनआरटीले पेनाल्टी पाएको हो ।

यसैगरी खेलको ४२औँ मिनेटमा चित्लाङ एफसीले गोल फर्कायो । उसका लागि जनक कोइरालाले गोल गरेका थिए । खेलको ६५औँ मिनेटमा नेमारले एनआरटीका लागि तेस्रो गोल गरे । खेलको ६८औँ मिनेटमा शिशिर लेखीले एनआरटीका लागि चौथो गोल गरे । खेलको ८८औँ मिनेटमा पेनाल्टीमार्फत एनआरटीका लागि अञ्जनले ह्याट्रिक गोल गरेका थिए । जारी प्रतियोगितामा उनी ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।

शुक्रबार पहिलो सेमिफाइनल खेल सिरहाको सलहेश फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच तथा अर्को सेमिफाइनल एनआरटी र इटहरीको राष्ट्रिय जागृति क्लबबीच हुनेछ । प्रतियोगिताको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । फाइनल खेल यही पुस ८ गते हुनेछ ।

वि.सं.२०८१ पुस ४ बिहीवार २०:०३ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...