back
CTIZAN AD

इलाममा नागरिक शान्ति सेवा भवन निर्माण सुरु

वि.सं.२०८१ पुस ७ आइतवार

720 

shares

इलाम । कोशी प्रदेश सरकारले यहाँको इलाम नगरपालिका–८ तिल्केनीमा नागरिक शान्ति सेवा भवन निर्माण सुरु गरेको छ । प्रदेश सरकारको रु ५० लाख अनुदान सहयोग र जिल्लास्थित मानवअधिकार मञ्च नेपालको व्यवस्थापनमा उक्त भवन निर्माण सुरु गरिएको हो ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले भवनलाई मानवअधिकार रक्षाका लागि सुरक्षित आवासगृहका रूपमा प्रयोग गर्न सकिने बताउनुभयो । “जिल्लामा आवासगृह अभाव छ, कतिपय घटनाका पीडितलाई सुरक्षित आवासको समस्या छ । यो भवनको सदुपयोग त्यस्तो काममा गर्न सकिन्छ”, उनले भने, “आगामी वर्ष भवन निर्माणका लागि प्रदेश सरकारले थप सहयोग गर्छ ।”

उक्त भवन २२ कोठाको हुने मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले जानकारी दिए । “भवन तीनतले बन्छ, हाल रु ३० लाखमा ठेक्का लागेर काम सुरु भएको छ । छ महिनामा निर्माण सम्पन्न हुन्छ”, उनले भने।

मञ्च अध्यक्ष मोहनसिंह थेबेले मानवअधिकार रक्षामा भवनको प्रयोग गरिने बताउनुभयो । हिंसामा परेका पीडित महिला तथा बालबालिकाको उद्धार गर्न मनोसामाजिक परामर्श यहाँबाट सञ्चालन गरिने उनकोे भनाइ छ ।

 

वि.सं.२०८१ पुस ७ आइतवार ०९:५९ मा प्रकाशित

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको...

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई...

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार...

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

महेन्द्रनगर । सात वर्षअघि वैदेशिक रोजगारीका शिससिलामा मलेसिया मजदुरी गर्न...

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन...

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले बढ्दो बसाइँसराइ रोक्न ‘गाउँ फर्क...