back
CTIZAN AD

पत्रकारलाई मानवीय सेवासम्बन्धी प्रशिक्षण

वि.सं.२०८१ पुस ९ मंगलवार

564 

shares

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीद्वारा मानवीय सेवाकार्यसँग सम्बन्धित खोज र अनुसन्धानमा क्रियाशील पत्रकारका लागि सञ्चालित मानवीय पक्षको रिपोर्टिङसम्बन्धी तीनदिने प्रशिक्षण काभ्रेको बनेपा बुडोलमा सम्पन्न भएको छ । पुस ७ गतेदेखि सञ्चालन भएको सो तालिममा वरिष्ठ पत्रकारद्वय जगत नेपाल र लक्ष्मण दत्त पन्त, विज्ञ कृष्ण चालिसे, नेपाल रेडक्रसको मानवीय मूल्य तथा सञ्चार विभागका निर्देशक विपुल न्यौपाने र उपनिर्देशक शिवराम गौतमले सहजीकरण गरेका थिए ।

उहाँहरूले रेडक्रस अभियान, नेपाल रेडक्रस सोसाइटी इतिहास, साङ्गठनिक संरचना र गतिविधिहरू, अन्तर्राष्ट्रिय मानवीय कानुन, मानवीय मूल्य प्रवर्द्धन, मानवीय कूटनीति, विपद्का समयमा गरिने मानवीय रिपोर्टिङ, आमसञ्चार, जोखिम सञ्चार र आचार संहितालगायत विषयहरूमा सहजीकरण गर्नुभएको थियो । तालिमका क्रममा नेपाल रेडक्रसका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले रेडक्रसद्वारा सञ्चालित मानवीय सेवाका गतिविधिका प्रचारप्रसारमा पु¥याइएको सहयोग र योगदानको प्रशंसा गर्दै यस तालिमबाट सहभागीलाई मानवीय गतिविधिको रिपोर्टिङका क्रममा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।

रेडक्रसका निर्देशक न्यौपानेले रेडक्रसका मानवीय गतिविधिहरूलाई बुझाउने, प्रचारप्रसार गर्ने र यसका कार्यहरूलाई सरकारलगायत अन्य निकायहरूलाई सहमत गराई गतिविधिको पहुँच बढाउने कार्यमा मानवीय कूटनीतिबाट सहयोग पुग्ने बताए । तालिममा समाचार समिति, पत्रिका, अनलाइन, टेलिभिजन र एफएम रेडियोका २३ पत्रकारको सहभागिता थियो ।

 

वि.सं.२०८१ पुस ९ मंगलवार १९:०६ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...