back
CTIZAN AD

राजधानीमा माओ दिवसको अवसरपारी अन्तर्क्रिरया हुने

वि.सं.२०८१ पुस १० बुधवार

705 

shares

काठमाडौँ । सार्वजनिक नीति तथा रणनीति अध्ययन केन्द्रले नेपालमा भव्य रूपमा माओको १३१औँ जन्म जयन्ती मनाउने भएको छ ।

माओको जन्म जयन्तीको अवसर पारेर बिहीबार दिउँसो १ः ३० बजे कमलादीस्थित प्रज्ञा भवनमा अन्तर्क्रिरया कार्यक्रम राखिएको केन्द्रका प्रमुख ओम शर्माले जानकारी दिए ।

समाजवादी चीनको स्थापनामा माओले खेलेको भूमिका नेपालको सन्दर्भमा पनि उत्तिकै महत्त्व भएकाले उनको जन्म जयन्तीको अवसरमा कार्यक्रम राखिएको शर्माले बताए ।

उनका अनुसार कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले ‘माओ दिवस र वर्तमान राजनीति’ विषयमा धारणा राख्नेछन् ।

पछिल्लो समय पार्टी एकतालाई लिएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विप्लवबिच तिक्तता बढेको चर्चा भइरहेको अवस्थामा यस कार्यक्रम हुनु अर्थपूर्ण रहेको छ ।

माओ दिवसको अवसरमा खासगरी माओवादी घटकहरूले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । सोही अवसरमा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका महत्त्वपूर्ण डायरीसमेत समेत सार्वजनिक गर्ने कार्यक्रम छ ।

वि.सं.२०८१ पुस १० बुधवार १२:४२ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...