back
CTIZAN AD

सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसङ्घका महासचिवको चिन्ता

वि.सं.२०८१ पुस १० बुधवार

636 

shares

न्यूयोर्क । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति चिन्ता व्यक्त गर्दै द्वन्द्वका बीच धेरै क्षेत्रमा अनिकाल अवस्थाको चेतावनी दिएका छन् ।

एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) प्रवक्ता स्टेफनी ट्रेम्बलेले भने,“सुडानमा द्रुत रूपमा बिग्रँदै गएको खाद्य सुरक्षा अवस्थाबाट महासचिव चिन्तित छन् । खाद्यान्न र पोषणमा पहुँच देशभरि लाखौं मानिसहरूको लागि बिग्रँदै गएको छ ।”

“आईपीसीको भोकमरी समीक्षा समितिको पछिल्लो प्रतिवेदनले सुडानमा कम्तिमा पाँच स्थानमा अनिकालको अवस्था रहेको देखाएको छ । उत्तरी डार्फर र दक्षिण कोर्डोफानको पश्चिमी नुबा पर्वतमा रहेका विस्थापन शिविरहरूलाई जोखिममा रहेको देखाएको छ ।”

सुडानमा २४ लाख भन्दा बढी मानिसहरू द्वन्द्वको साथसाथै तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।

गुटेरेसले छिटो, सुरक्षित, निर्बाध र दिगो पहुँचको सुविधा दिनको लागि आफ्नो आह्वानलाई दोहोर्याए ।(रासस/एएनआई) 

वि.सं.२०८१ पुस १० बुधवार १७:०३ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...