back
CTIZAN AD

क्रिसमसको पूर्वसन्ध्यामा पोप फ्रान्सिसद्वारा ‘जयन्ती वर्ष-२०२५’ को शुभारम्भ

वि.सं.२०८१ पुस १० बुधवार

741 

shares

भ्याटिकन सिटी । पोप फ्रान्सिसले क्रिसमसको पूर्वसन्ध्यामा सेन्ट पिटर्स बेसिलिकाको ‘पवित्र ढोका’ खोल्दै क्याथोलिक उत्सवको ‘जयन्ती वर्ष–२०२५’को शुभारम्भ गरेका छन् ।

पाप, ऋण र विश्वव्यापी क्षमाको बिशेष बर्ष मानिने ‘जुबली बर्ष’ मा दास र कैँदीहरूलाई मुक्त गरिनुका साथै ऋण माफी गर्ने क्रिस्चियन समुदाय वा मुलुकहरूमा प्रचलन रहेको छ । उनीहरूले यो बर्षलाई परमेश्वरको कृपा हुने बिशेष बर्षको रूपमा विश्वास गर्छन् ।

हालै रुघाखोकीबाट पीडित ८८ वर्षीय पोपलाई ह्वीलचेयरमा राखी काँसको विशाल ढोकासम्म पु¥याइएपछि उनले ढोका ढक्ढक्याउनुभएको र ढोका खुलेको थियो । ढोका खोल्नुलाई पाप वा ऋणबाट मोक्ष पाउने कुरासँग जोडेर पनि हेर्ने गरिन्छ ।

सेन्ट पिटर्स स्क्वायरको बाहिर क्षेत्रमा हजारौँ विश्वासीहरूले ‘स्क्रिन’मा हेरेको समारोहमा अर्जेन्टिनी धर्मगुरु ढोकाबाट छिरे, र जुलुसमा सहभागी हुनुभयो त्यसपछि भ्याटिकन बेसिलिकाको घण्टी बज्यो।

अर्को १२ महिना क्याथोलिक तीर्थयात्रीहरू इटाको गेट (ढोका) हुँदै बाट आवतजावत गर्नेछन् । परम्परागत रूपमा काँसबाट बनेको ढोकाबाट छिर्नु वा छिर्र्न पाउनुलाई धार्मिक रूपमा विशेष लाभान्वित हुने विशेष अवसर (उनीहरूको पापबाट क्षमा) पाउने अवसरका रूपमा हेरिन्छ ।

पवित्र प्रदर्शनपछि पोप फ्रान्सिसले सेन्ट पिटर्समा ‘क्रिसमस इभ’ सभाको अध्यक्षता गरेका छन् ।

सभामा उनले विश्वमा बर्षभरि भएका युद्धलाई सम्झँदै भने, “हामी युद्धमा मेशिनगनका आवाज र विस्फोटले त्रस्त समाजका साथै विद्यालय र अस्पतालहरूमा भएको आक्रमणप्रति दुःखि छौँ ।”

गाजामा इजरायलले गरेको आक्रमणको ‘क्रूरता’को निन्दा गरेका पोपप्रति इजरायली समुदायबाट आक्रोशित प्रतिक्रिया आएको थियो ।

उनले आफ्नो परम्परागत क्रिसमस डे आशीर्वाद, उर्बी एट ओर्बी (शहर र संसार) बिषयमा बुधबार मध्याह्न सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
जर्मनीको क्रिसमस बजारमा शुक्रबार भएको कार आक्रमणपछि भ्याटिकन र रोममा हुने जुबली समारोहका लागि करिब ७०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

रोमको धेरै भागलाई क्रिसमसको तयारीको लागि सिँगारिएको छ ‘ट्रेभी फाउन्टेन र पोन्टे सेन्ट एन्जेलो’ जस्ता स्मारकहरू सफा गरिएको छ र यातायातको चापलाई व्यवस्थित गर्न सूचना जारी गरिएको छ ।

कुञ्जी जुबली परियोजनाहरू महिनौंको काम पछि पछिला केही दिन अघि मात्र समाप्त भएका थिए । बर्षभरी नै शहरको धेरै भागमा भवन तथा अन्य निर्माणका काम भएका छन् ।

भ्याटिकनको छेउमा रहेको पियाजा पियामा सोमबार नयाँ सडक सुरुङको उद्घाटन गर्दै प्रधानमन्त्री जियोर्जिया मेलोनीले यो परियोजना समयमै सम्पन्न गर्न ‘सानो नागरिक चमत्कार’ गरेको बताएका छन् ।

आगामी केही दिनमा रोमका तीन प्रमुख बेसिलिका र विश्वभरका क्याथोलिक चर्चहरूमा पवित्र ढोकाहरू खोलिनेछन् ।

पोप फ्रान्सिसले बिहीबार रोमको रेबिबिया कारागारको पवित्र ढोका खोल्नुहुनेछ र कैदीहरूको समर्थनमा एक सामूहिक प्रार्थना सभाको अध्यक्षता गर्नेछन् । (रासस/एएफपी)

वि.सं.२०८१ पुस १० बुधवार १७:५० मा प्रकाशित

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार...

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

महेन्द्रनगर । सात वर्षअघि वैदेशिक रोजगारीका शिससिलामा मलेसिया मजदुरी गर्न...

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन...

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले बढ्दो बसाइँसराइ रोक्न ‘गाउँ फर्क...

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

सुरुङ्गा (झापा) । नेपाली प्रहरीले पाँच किलो गाँजा र १४...

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...