back
CTIZAN AD

कञ्चनजङ्घामा बर्सेनि बढ्दै पर्यटक

वि.सं.२०८१ पुस १४ आइतवार

645 

shares

ताप्लेजुङ । कञ्चनजङ्घा क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बर्सेनि बढ्दै गएको छ । पदमार्गको सुधार, पर्यटकका लागि आवश्यक सुविधा विस्तारले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको हो ।

पछिल्लो साढे चार वर्षमा तीन हजार चार सय ८९ पर्यटक कञ्चनजङ्घा क्षेत्र भ्रमणमा आएका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । तीमध्ये तीन हजार दुई सय १९ जना विदेशी पर्यटक रहेका परिषद्का संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए । पर्यटकको आगमन वृद्धि हुनुमा प्रचार प्रसारसँगै आवश्यक पूर्वाधार निर्माण, सुविधा विस्तारलगायत कारण रहेको उनले बताए ।

यादवका अनुसार हरेक वर्ष तुलनात्मक रूपमा पर्यटकको आगमन बढ्दै गएको छ । चालु आर्थिक वर्षको हालसम्ममा आठ सय ७७ पर्यटक यहाँ आएका छन् । आव २०७६/७७ को छ महिनामा छ सय आठ जना पर्यटक आएका उनले जानकारी दिए ।

आव २०७८/७९ मा दुई सय छ, आव २०७९/८० मा सात सय १३, आव २०८०/८१ मा एक हजार हजार ८५ जना पर्यटक आएका जनाउँदै यो तथ्याङ्कलाई हेर्दा क्रमशः पर्यटकको आगमनमा वृद्धि हुँदै गएको यादवले बताए ।

यसैबीच, कञ्चनजङ्घा आरोहणको ७०औँ वार्षिकोत्सवका अवसरमा आगामी वैशाख ५ देखि ७ गतेसम्म कञ्चनजङ्घा हीरक महोत्सव आयोजना गरिने भएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले आयोजना गर्ने उक्त महोत्सव फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा हुनेछ ।

पदयात्रा, फोटो प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन तथा खाद्य परिकारको प्रदर्शनीलगायत गतिविधिसहित खुला पुरुष भलिबल प्रतियोगितासमेत सञ्चालन हुने परिषद्का सदस्य सचिव मनकुमार राईले जानकारी दिए । उनका अनुसार काठमाडौँ र बेलायतमा पनि महोत्सवसम्बन्धी कार्यक्रम गरिने कार्यतालिका रहेको छ ।

समुद्री सतहदेखि आठ हजार पाँच सय ८६ मिटर उचाइमा रहेको कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहण सन् १९५५ मे २५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्यान्डले गरेका थिए । रासस

 

वि.सं.२०८१ पुस १४ आइतवार १५:०४ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...