back
CTIZAN AD

बाघको आक्रमणबाट मनहरीमा सात बाख्रा मर्यो

वि.सं.२०८१ पुस १५ सोमवार

633 

shares

हेटौँडा । मकवानपुरको मनहरीमा बाघले ७ वटा बाख्रा मारेको छ । आइतबार साँझमा मानिसलाई आक्रमण गरी मारेको बाघले सोमबार बिहान पुनः ७ वटा बाख्रा मारेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाघको आक्रमण गर्दा बिहान ५ बजेको समयमा मनहरी गाउँपालिका–५ वसन्तपुर बस्ने सूर्यबहादुर मोक्तानको खोरका ७ वटा बाख्रा मरेका हुन् । घर नजिकै रहेको बाख्राको खोरमा रहेका ७ वटा बाख्रा मारेर एउटा बाख्रा बाघले जङ्गलतर्फ लगेको प्रहरीले जनाएको छ ।

यसअघि बाघले मनहरी–५ वसन्तपुर वडा कार्यालय नजिकै ७२ वर्षीय कान्छीमाया रुम्बालाई बारीमा घाँस काट्दै गरेको अवस्थामा आक्रमण गरेको थियो । बाघको आक्रमणबाट रुम्बाको घटना स्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ ।

२५ किलोमिटर पश्चिमतर्फ रहेको घटनास्थलमा बाघलाई नियन्त्रणमा लिनका २ वटा हात्ती परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार बाघलाई नियन्त्रणमा लिन पर्सा राष्ट्रिय निकुञ्जबाट २ वटा हात्ती र सेनाको टोली तथा चितवन राष्ट्रिय निकुञ्जबाट समेत टोली खटाइएको छ ।

वि.सं.२०८१ पुस १५ सोमवार १२:०४ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...