back
CTIZAN AD

वर्तमान सरकार ढल्छ भन्ने हल्ला मात्रै हो : शंकर पोखरेल

वि.सं.२०८१ पुस १५ सोमवार

801 

shares

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्छ भन्ने हल्लामा कुनै सत्यता नभएको बताएका छन् ।

सोमबार एमाले प्रचार तथा प्रकाशन विभाग दाङले घोराहीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो बताएका हुन् । उनले दुई प्रमुख पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको समेत बताए ।

‘दुई ठूला पार्टी निश्चित उद्देश्य लिएर सरकार बनाएका छन् । तर, यो सरकारले दशैँ तिहारै कट्दैन भनेर हल्ला फैलाइयो’ पोखरेलले भने, ‘त्यसको प्रभाव आर्थिक क्षेत्रमा परेको छ ।’ उनले सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई पक्राउ गरेपछि विद्रोह हुन्छ र नारायणहिटी दरबारमा राजालाई लगेर राख्छौँ भन्ने हल्ला चलाइएको समेत बताए ।

‘रवि लामिछानेलाई कानूनी कारबाही गर्दा नारायणहिटी दरबारभित्र राजा पस्नेसम्म योजना बनाइयो’ उनले भने, ‘त्यो पनि कुप्रचार नै थियो । सुरुमा केही मान्छेहरू सडकमा देखिएको भएपनि बिस्तारै हराउँदै गएको छ ।’ रविको विरुद्धमा बिस्तारै तथ्यहरू आउन थालेपछि नयाँ भन्नेवित्तिकै विकल्प हुन्छ भन्ने भ्रम चिरिएको उनले दावी गरे ।

वि.सं.२०८१ पुस १५ सोमवार १३:०२ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...