back
CTIZAN AD

अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटन प्रवद्र्धन गरिँदै

वि.सं.२०८१ पुस १६ मंगलवार

615 

shares

राँझा (बाँके) । बाँकेमा सञ्चालित तारे होटलहरूले अङ्ग्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न विशेष कार्यक्रम गर्ने भएका छन् ।

अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै बाँकेमा रहेको होटल तथा पर्यटन व्यवसायीले विभिन्न आकर्षक प्याकेजसँगै साङ्गीतिक एवं सांस्कृतिक कार्यक्रम तय गरेका छन् । “पर्यटन व्यवसायलाई चलायमान बनाउन परिस्थिति सुधारको पर्खाइभन्दा हामी आफ्नै अग्रसरतामा केही गर्नुपर्ने आवश्यकता देखिएको छ”, नेपालगञ्जस्थित होटल स्टार लाइटका फ्रन्ट म्यानेजर विनोद बुढाथोकीले भने, “कम्तीमा आफ्ना नियमित पाहुनालाई नयाँ वर्षकै अवसर पारेर होटलसम्म ल्याउने र रमाउने वातावरण सृजना गर्न खोजेका छौँ ।”

उनका अनुसार, नयाँ वर्षको अवसरमा साङ्गीतिक माहोलमा पारिवारिक वातावरण दिएर होटल स्टार लाइटले सहुलियत तर आकर्षक प्याकेज तयार गरेको छ । लागत मूल्यमा ‘लाइभ फुड’, ‘अनलिमिटेड स्न्क्याक्स’, ‘बुफे डिनर’सहित लोकप्रिय पपगायक सञ्जय श्रेष्ठ, लोकगायिका इब्सु सञ्ज्यालको देउडा सङ्गीत अनि ‘द स्याड ब्याण्ड’को लाइभ प्रस्तुति व्यवस्थापन गरिएको छ ।

म्यानेजर बुढाथोकीले आन्तरिक तथा बाह्य पर्यटकलाई व्यवस्थित बसाइसहित भिन्न र नयाँ प्रस्तुति होटल स्टार लाइटले दिन खोजेको उल्लेख गर्दै भने, “नयाँ पुस्तासँग पुरानो चर्चित ब्याण्ड तथा लोकप्रिय गायकलाई चिनाउन पनि हाम्रो कार्यक्रमले विशेष भूमिका खेल्नेछ ।”

नेपालगञ्जस्थित पाँचतारे होटल सोल्टीले पनि नयाँ वर्ष २०२५ लाई भव्य रूपले स्वागत गर्न कलाज्ञ ब्याण्डलाई नेपालगञ्ज निम्त्याएको छ । त्यससँगै आफ्ना पाहुनाका लागि आकर्षक पुरस्कारसमेत राखेको सोल्टीले ‘लाइभबार’, ‘फुड काउन्टर’जस्ता विशेषतासहितका आकर्षक प्याकेज तयार गरेको जनाएको छ ।

कोहलपुरस्थित पाँचतारे होटल सेन्ट्रल प्लाजाले चर्चित गायक शिव परियार र पछिल्ला नेपाल आइडल करण परियारलाई ३१ डिसेम्बरको (आज) राति कोहलपुर निम्त्याएको छ । डायमण्ड प्यालेस लर्डस् प्लाजाले बलिउड शैलीमा नेपालगञ्जमै ‘न्यू इयर इभ’ आयोजना गर्ने जनाएको छ ।

होटल सिद्धार्थ नेपालगञ्जले गायिका रचना रिमालसहितको साङ्गीतिक प्रस्तुतिसँगै नयाँ वर्षका अवसरमा आन्तरिक पर्यटन प्रवद्र्धनको तयारी गरेको होटलका सेल्स एण्ड मार्केटिङ म्यानेजर नवीन भट्टले बताए ।

नेपालगञ्जकै तारे होटल कल्पतरुले पनि सन् २०२५ को स्वागतका लागि साङ्गीतिक कार्यक्रमसहित विभिन्न स्वादका परिकार पस्किने जनाएको छ । कल्पतरुले गायिका प्रतिक्षासहित उनको ब्याण्डले नयाँ वर्षको स्वागत गर्ने जनाएको छ ।

होटल ग्यालेक्सी दरबारले लाइभ म्युजिकसहित विभिन्न परिकारलाई सहुलियत दरमा आकर्षक ‘प्याकेजिङ’ गरेको जनाएको छ । जुना द टिम ब्याण्डको लाइभ म्युजिक आकर्षक खानाका स्वाद पस्किने ‘न्यू इयर इभ’मा निःशुल्क प्रवेश व्यवस्था मिलाइएको ग्यालेक्सी दरबारका प्रबन्धक हस्तबहादुर हिमालले जानकारी दिए ।

वि.सं.२०८१ पुस १६ मंगलवार ०८:५५ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...