back
CTIZAN AD

यस्ता छन्, मानिसका लागि हानीकारक खानाका परिकारहरु

वि.सं.२०८१ पुस १८ बिहीवार

3.3K 

shares

१. पृष्ठभूमि
खाना शरीरको लागि महत्वपूर्ण अवयव हो । खाना मानव शरीरको शक्तिको स्रोत र औषधि पनि हो । माहुरीको चाकामा एउटा रानी माहुरीको आवश्यकता हुन्छ र यो रानी माहुरी प्रकृति आफैंले बनाउ“दैन । ती माहुरीहरुले एउटा माहुरीलाई विशेष प्रकारको खाना ‘रोयल जेल्ली’ ख्वाइ–ख्वाई रानी तयार पार्छन् । एउटा किरालाई त थाहा छ भोजनको त्यत्रो महत्व, जब कि मानिसले आफूलाई वरवाद पार्ने भोजन अझै चिन्न सकेका छैन् ।

हामीले हाम्रो आहार शैलीमा परिवर्तन गर्नुपर्छ । सुरूमा सागसब्जी, सलाद, ऋतु अनुसारको फलफूल र पछि ठोस पदार्थ (भात, ढिडो, रोटी आदि) खानु पर्छ । ठोस पदार्थमा पोलिस गरेको सेतो चामलको सट्टामा रोटी, ढिडो, खैरो चामलको भात, आलु, बदामहरू र अन्य प्राकृतिक खाद्य पदार्थहरू खाने गर्नुपर्छ । तर अलग अलग गरेर खाने गर्नुपर्छ । झोल पदार्थ पिउनु छ भने बाक्लो झोल हुन आवश्यक छ । पानी पिउनु छ भने खाना खाने एक घण्टा अघि वा पछि पिउनु पर्छ । यसरी खाना खानाले पिसाबको अवस्था राम्रो हुनुको साथै स्वास्थ्यमा पनि सुधार आउँछ । मांसहारी भोजन स्वास्थ्यको लागि राम्रो मानिदैन । शाकाहारी जीवनशैली सरल, शुलभ, किफायती र स्वास्थ्यवद्र्धक हुन्छ । बजारमा पाइने चिसो पेय पदार्थहरूले फाइदा गर्दैनन् । त्यसैले यस्ता पेय पदार्थहरूबाट होसियार हुनुपर्छ । सेतो चामल, मैदा, वनस्पति घ्यू, सेतो नुन र सेतो चिनीलाई पाँच सेतो मन्द विष भनिन्छ । यिनीहरूबाट टाढै रहन सके हाम्रो जीवन स्वस्थ हुन सक्छ । संसारमा सभ्य भनाउँदा मानिसहरूको भोजनमा चिल्लो बढी र रेसादार चिज कम पाइयो । जुन कुरा नै रोगको प्रमुख कारण देखियो । त्यसैले सेतो चामलको सट्टा खैरो चामल अथवा नफलेको चामल, मैदाको सट्टा चोकर सहितको आँटा, सेतो चिनीको सट्टा थोरै सख्खर वा मह खानुपर्छ । हामीले भोजनमा हरियो सगपात काँचो लसुन, अदुवा, काँचो प्याज, दही र सलाद, भटमास जस्ता खाद्य पदार्थहरूलाई दैनिक प्रयोगमा ल्याउनु पर्दछ । यो बानी नै रोग विनाको जीवन बाँच्ने आधारशीला हो । खाना सधै थोरै खाने गर्नु पर्दछ । धेरै खाना खाने मानिसको अल्पआयु हुन्छ जति खान सकिन्छ, त्यो भन्दा आधा कम खानु पर्छ । ‘थोरै खाए बल, धेरै खाए मल’ भन्ने नेपाली उक्तिलाई आत्मसात गर्नुपर्छ । लामो आयु हुनेहरू तुलनात्मक रूपमा कम खाना खान्छन् । यस आलेखको मुख्य उद्देश्य भनेको मानव शरीरलाई हानीकारक खानाका परिकारहरुको पहिचान र यसबाट बच्ने उपायको अध्ययन गर्नु रहेको छ ।

२. स्वास्थ्यलाई हानी गर्ने खानाका परिकारहरु
खाना मानव शरिरका लागि अति महत्वपूर्ण शक्ति तथा पोषणको स्रोत हो । यस्ता खानाका परिकारहरु बेलैमा चिन्न सकिएन भने रोगको सिकार हुने सम्भावना प्रवल हुन्छ । अव सात मन्द विषको बारेमा छोटकरीमा चर्चा गरौ ।

२.१ सेतो चामल – सेतो विष सेतो चामलको भात हो । यो किन विष भयो त ? किनभने हरेक चामल, प्राकृतिक रुपमा ब्राउन हुन्छ , अक्षता हुन्छ , त्यसलाई मीलमा पोलिस गरेपछि मात्र सेतो हुन्छ । चामलबाट खैरो तह झिकेपछि भिटामिन र खनिज तत्व नष्ट हुन्छ । खास गरेर भिटामिन वी र रफेज नष्ट हुन्छ । वी ग्रुपको भिटामिन हाम्रो भोजनबाट गएपछि हाम्रो स्मरण शक्ति कमजोर हुनु, अनिद्रा रोग लाग्नुको साथै सम्पूर्ण मानसिक स्वास्थ्यमा ¥हास आउन सक्छ । सेतो चामल भनेको ग्लुकोज हो, साधारण कार्बोहाइड्रेट हो । त्यसमा भएको ग्लुकोज रगतमा सिधै मिसिन जान्छ र रगतमा ग्लुकोजको मात्रा बढ्छ । रगतमा ग्लुकोजको मात्रा धेरै समयसम्म बढीरह्यो भने मधुमेह रोग लाग्न सक्छ । त्यो रोग एकैचोटी लाग्ने होइन किनभने प्यानक्रियाजबाट इन्सुलिन भन्ने हार्मोन निस्कन्छ र रगतमा भएको चिनीलाई सन्तुलित पार्छ तर सेतो भात नियमित खा“दा चिनीको मात्रा बढेको बढ्यै हुन्छ र इन्सुलिनले सफा गर्न सक्दैन ।

सेतो चामलमा रफेज नभएकोले यसले ल्याउने पहिलो रोग हो – कब्ज, जुन अरु सबै भयंकर रोग हुर्काउने कारण बन्न सक्छ । रफेजले पेटको विषाक्त तत्वहरुलाई सजिलै फाली स्वस्थ हुन मद्दत गर्दछ । यसले रगतको नराम्रो कोलोस्ट्रोललाई नियन्त्रण गर्छ । यसले धेरै वजन बढ्नेहरुको वजन पनि नियन्त्रण गर्न सघाउँछ । रफेजले दिसा नरम पार्ने हुँदा अल्काइजस्ता पीडादायक समस्याबाट पनि जोगाउँछ । रफेजले सम्भावित क्यानसर समेतलाई रोक्ने तथ्य वैज्ञानिक शोधले अघि सारेका छन् । त्यस्तै चामलबाट हुने वी भिटामिनहरु पनि मीलले उडाइदिने हुँदा यस्ता भिटामिनको कमीबाट हुने समस्या पनि टड्कारै छ । भिटामिन वी ग्रुप हाम्रो मानसिक स्वास्ग्य सन्तुलनसंग सम्बन्धित छ । तसर्थ सानो – तिनो मानसिक समस्या पनि झेलन नसक्नु, त्यतिकै डर लाग्नु, त्यतिकै अलमलजस्तो भैरहनु, एक ठाउँमा बस्न गा¥हो पर्नु आदि भिटामिन वी को कमीबाट पनि हुन सक्छ । त्यसैले यसलाई सेतो विष भनिएको हो । यस बाहेक कब्ज, पेटको रोग, कोलोस्ट्रोल, उच्च रक्तचाप, मुटुको रोग, मोटोपना, अलकाइदेखि ठूला – साना समस्याहरु सेतो चामलको परिणाम देखिन्छ । माथि उल्लेखित कुनै समस्या छ भने सेतो चामल चटक्कै छोडेर ब्राउन चामल वा नफलेको चामलको प्रयोग गरी हेरे थाहा हुन्छ ।

यदि मानिसं पेटको रोगी छ भने दाल र भातसंगै खानुहुँदैन । एक दुई दिन खाएर त केही हु“दैन तर जहिले पनि त्यही खान हुँदैन र खान थाल्यो भने त्यसबाट पेटको रोग सधैं कायम रहने सम्भावना रहन्छ । तसर्थ सो रोगबाट बच्नको लागि हामीले दालको सट्टा पकाउने तरकारीमा झोल राख्ने र त्यही झोलसँग खाना खान सकिन्छ ।

२.२ मैदा – दोस्रो सेतो मन्द विष हो मैदा । मैदाको काम पनि सेतो चामलको जस्तै हो, जुन हानी सेतो चामलले गर्छ त्यही मैदाले पनि गर्छ । मैदाको सट्टा चोकरसहितको आँटा खानुपर्दछ । मैदा जहाँ पनि प्रयोग हुन्छ जस्तै –पाउरोटी, बिस्कुट, केक, पिज्जा, मिठाई आदि । यो त सेतो भात भन्दा पनि बढी प्रचलनमा छ । त्यसकारण यसबाट बच्न धेरै सावधान हुनु पर्दछ र यो पनि थाहा पाउनुस् कि जति बढी आँटामा चोकर हुन्छ त्यति नै लाभ हुन्छ स्वास्थ्यमा । चामल जस्तै मीलबाट सेतो पार्दा गहु“मा रहने धेरै पोषक तत्व नष्ट हुन्छन् ।

२.३ वनस्पति ध्यू – तेस्रो मन्द विष हो वनस्पति ध्यू । वनस्पति ध्यू खान नहुनुको प्रमुख कारण के हो भने यो वनस्पतिको तेलबाट बनेको हुन्छ र वनस्पति तेललाई ७०० डिग्री तपाक्रममा उमाल्दा त्यसका केही पनि पोषक तत्व बाँकी रहन्न । यसले झोल प्लास्टिकको रुपमा पेटका क्रियाकलापमा बाधा दिन्छ । याद राख्नु पर्ने के कुरा छ भने पेट खराव भयो भने यहीबाट सम्पूर्ण रोग हुर्कन्छ । खानाबाट खुराक तान्न गा¥हो भयो भने हाम्रो शक्ति क्षीण हुँदै जान्छ । तसर्थ वनस्पति ध्यूले एकातिर पेटको रोग ल्याउँछ भने अर्कोतिर मानिसलाई कमजोर पार्छ । शारीरिक रुपमा कमजोर हुनु भनेको मानसिक रुपमा पनि अस्वस्थ हुनु हो ।

२.४ सेतो नुन – सेतो वि षमा हामीले खाने सेतो नुन पनि एक हो किनभने यसबाट उच्च रक्तचाप, हृदय रोग, स्ट्रोक आदि हुने धेरै सम्भावना हुन्छ । साथै नुनले अबुद्र्ध रोगलाई निम्त्याउने सम्भावना हुन्छ । यसका साथै मोतियाविन्दु पनि बढी नुन खानेलाई हुने देखिएको छ । तर यसको मतलव नुनै नखाने भन्ने त होइन, हामीलाई ३ ग्राम जति नुन जरुरी हुन्छ किनभने शरीरलाई आयोडिनको मात्रा पनि नुनबाटै पूर्ति हुन्छ । वैज्ञानिकहरुको भनाइअनुसार यदि नुनको मात्रा दिनको दुई ग्राम मात्र प्रयोग गर्ने हो भने कसैको उच्च रक्तचाप हुन पाउदैन । यदि रक्तचाप धेरै छ भने नुनको मात्रा अझै घटाई दिनको ८०० एम. जी. मात्र सेवन गर्नुपर्दछ । दिनको दुई ग्रामभन्दा कम नुन खाने जातिहरुमा उच्च रक्तचाप नगन्य पाइयो । त्यस्तै नुन नखाने वा सा¥है कम खाने आदिवासीहरुमा पनि उच्च रक्तचाप नै नपाइने देखियो । हाम्रो मिर्गौलाले दिनको ४ देखि ५ ग्रामभन्दा बढी नुनको भारलाई सहन सक्दैन, जबकि हामीले दैनिक १० – १५ ग्राम नुन खान्छौं । त्यसैले हामीलाई मिर्गौलासम्बन्धी रोग लाग्ने पनि धेरै सम्भावना हुन्छ । बढी नुनको सेवनबाट युरिक एसिड निष्कासनमा बाधा पर्ने हु“दा वाथजस्ता रोग पनि लाग्न सक्छ ।

२.५ सेतो चिनी – सबभन्दा खतरनाक सेतो विष चिनी हो । सेतो चिनी किन खतरनाक हुन्छ ? वैज्ञानिकहरुको एउटा शोधले के पत्ता लगाएको छ भने ५ किसिमका रोगहरु चिनीको सेवनले मात्रै हुर्कन सक्छ । अष्ट्रेलियाका विद्यार्थीहरुमाझ एउटा परिक्षण गरियो, जुन विद्यार्थीहरुले एकाग्र गर्न र पढ्न सक्दैनथे, तिनीहरुले बढी चिनी खाएको पाइयो । त्यसैले अष्ट्रेलियाका चिकित्सकहरुले चेतावनी दिए यदि आफ्ना छोराछोरीलाई नालाएक नबनाउने हो भने सेतो चिनी नख्वाउनुस् । चिनीले भोजनबाट पाउने म्याग्नेसियमलाई पिसाबबाट फालिदिन्छ । म्याग्नेसियमको कमी भयो भने मस्तिष्क असन्तुलन हुन्छ । यसैले यदि तपाईंहरुका छोराछोरीलाई राम्ररी पढन् मन गरेको हेर्न चाहनुहुन्छ भने सेतो चिनीलाई भोजनबाट हटाई सख्खर वा महको प्रयोग गर्न लगाउनुहोस् ।

जर्मनीको कारागारमा अपराधीहरुलाई चिकित्सकहरुले परीक्षण गरे । उनीहरुले अपराधी बन्नुको रासायनिक कारण पत्ता लगाउँदैं गए । अपराधीको बालपरीक्षण गर्दा सामान्य मानिसको भन्दा त्यसमा रहने रसायनमा फरक पाए । रौंमा विशेष प्रकारको खनिज नपाउनु भनेको नै भोजनमा उक्त तत्व नपुग्नु हो । चिनीको अर्को एउटा दुर्गुण पनि छ –चिनी शरीरले सीधै पचाउन सक्दैन । चिनी पचाउन उसलाई क्यालसियम चाहिन्छ । त्यो क्यालसियम हाडबाट तान्छ । अचेल यो रोग पनि घर–घरमा देखापर्दै छ जसलाई अस्टियोपोरोसिस भनिन्छ । मानिस ४० –५० बर्ष नाघेपछि हाड सा¥है कमजोर हुँदै जाने र लड्यो भने हाड भाँचिहाल्ने धेरै सम्भावना हुन्छ । यो रोगको प्रमुख कारण पनि चिनी हुन सक्छ र दाँत बिग्रिनुमा पनि चिनीकै प्रमुख भूमिका हुन्छ । यसैले चिनी हरेक किसिमबाट खतरनाक छ । चिनी भएको खाना विलकूलै नखानुहोस् भनेको त होइन, कहिलेकाहीं खाँदा हुन्छ तर सधैं खानु हुँदैन । पोषणविद् जोन युड्किनेले भनेका छन् कि सेतो चिनी बढी खानेलाई रक्तचाप र मुटुको रोग लाग्ने बढी सम्भावना रहन्छ । त्यस्तै सेतो चिनीबाट यूरिक एसिड बढाउने काम गर्छ, परिणामस्वरुप बाथ रोग निम्त्याउँछ ।

२.६ चिया–कफी – चिया र कफी त सबैलाई मनपर्ने कुरा हुन् । यदि दिनको एक दुई कपसम्म चिया वा कफी पियो भने स्वास्थ्यमा लाभै हुन्छ । त्यहाँभन्दा बेसी भयो भने हानी हुन सक्छ । चिया र कफी धेरै पिउने आमाबाबुबाट जन्मेका बच्चाहरु मानसिकरुपमा स्वस्थ देखिदैनन् । यदि बच्चा पेटमा हुँदा आमाले बढी चिया र कफीको प्रयोग गरेको छ भने त्यो बच्चा निकै लज्जालु एवं कमजोर हुने धेरै सम्भावना रहन्छ । चियामा हुने क्याफिनले अनिद्रा, तनाव र उत्तेजना ल्याउँछ । यसबाहेक, रिंगटा लाग्नु, सास फुल्नु, छाती पोल्नु, ढुकढुकी बढ्नु, पेट गडबड भैरहनु, मांसपेशी फडफडाउनु, काँपेको अनुभव हुनु आदि बढी चिया र कफीको परिणाम हो ।

२.७ चिल्लो – यस सम्बन्धी शोध अनुसार संसारभरि नै रोगीहरुको संख्या दिनानुदिन बढ्दै जानुमा भोजनसम्बन्धी कारणमा चिल्लोको बढी प्रयोग देखियो । सबभन्दा खतरा मानिने अबुद्र्ध रोग, मुटुको रोग, कोलोस्ट्रोलदेखि दुखाइ अनुभूति गराउने केमिकल चिल्लोले बढाइदिन्छ । त्यसैले कुनै पनि दर्दका रोगीले पनि सा¥है कम तेल–ध्यू खानुपर्छ । अन्यथा दुखाई निको नहुन सक्छ । चिल्लोको सबभन्दा खतरनाक पक्ष भनेको यसको मानसिक प्रभाव हो । हाम्रो मस्तिष्क समेत असक्षम, अल्छी हुँदै जाने देखियो । अब आफैं सोच्नुहोस्, मस्तिष्कले काम ठीकसँग गरेन भने के होला जिन्दगीको अवस्था ?

पशुबाट प्राप्त हुने दूध, ध्यू, चीज, बोसो आदि स्याचुरेटेड फ्याट हुन् । यिनीहरुको बढी मात्रामा उपभोग गर्नु सबभन्दा हानीकारक हुन्छ । तेलमा तारेका कुनै पनि खानाले स्वास्थ्यलाई अत्यन्त हानी गर्न सक्छ । तर शुद्ध गाईको ध्यू थोरै थोरै खानाले भने स्वास्थ्यलाई फाइदा नै गर्छ । कोलोस्ट्रोलमाथि प्रभाव पारी उच्चरक्तचाप, मुटुको रोग र दुखाइमा समेत लाभ दिने केही तेल मध्ये तोरी, तील र जैतुन हो । स्वास्थ्यको हिसाबले यीनै तेललाई प्रयोग गर्नु बुद्धिमानी हुन्छ ।

३. निष्कर्ष
खाना शरीरका लागि एक उर्जाको महत्वपूर्ण स्रोत र पोषण पनि हो । खानाका परिकारहरु राम्रोसँग छनौट गर्न सके हाम्रो स्वास्थ्य आरोग्य हुन सक्छ । कुनै विचार नपु¥याई जिब्रोको स्वादका लागि जस्तो पनि खाना खाएमा विभिन्न रोगको सिकार हुन सकिन्छ । मानिसको स्वास्थ्यको लागि खानाको भूमिका ८० प्रतिशत हुन्छ । त्यसैले पोषण विद्को सल्लाहमा प्राकृतिक खानाका परिकार छनौट गरी नियमित उपभोग गर्न सके मानिस निरोगी हुन सक्छ । यी यस्ता प्राकृतिक खानाहरु आफ्नै खेतबारीमा उब्जाउन सकिन्छ र हाम्रा रैथाने अन्न जस्तै कोदो, फापर, मकै, जुनेलो, चिनो, गहत, मस्याङ्ग, कागुनो, सखरखण्ड, आलु, पिडालु, तरुल, रायोको साग, काउली बन्दा, गाजर, मूला, चम्सुर, पालुङ्गो, स्थानीय फलफुल, दही, मोही, माछा, भटमास, अन्य गेडागुडी, तोरीको तेल, तिलको तेल आदि प्रयोग गर्न सकिन्छ ।
अस्तु

कीटाणुहरूको सिद्धान्त कति ठिक ?

 

वि.सं.२०८१ पुस १८ बिहीवार ०९:१२ मा प्रकाशित

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...