back
CTIZAN AD

‘दिलमायाको चिया दोकान’ गीत युट्युबबाट सार्वजनिक

वि.सं.२०८१ पुस २० शनिवार

1K 

shares

काठमाडौँ । वरिष्ठ साहित्यकार टङ्क भट्टराईको शब्दमा रहेको ‘दिलमायाको चिया दोकान’ बोलको गीत भावसागर युट्युब च्यानलबाट सार्वजनिक भएको छ । संगीतकार राजनराज सिवाकोटीको संगीत, गायिका मिलन नेवार र वरिष्ठ ईन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वरमा सजिएको गीतलाई ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड तथा किशोर थापाले मिक्स /माष्टर गरेका छन ।

ताप्लेजुङको फुङलिङ बजारमाअवस्थित यो ‘चिया दोकान’को लोकप्रियता यसको स्वाद र यो गीतसँग जोडिएको छ ।

गीतको भिडियोमा नव कलाकारहरु नवीन भट्टराई, मारियम सिवा, निर्मला लावुङ (मिरा), दिनेश लिङ्खिम लगायतले अभिनय गरेका छन । गीतको कोरियोग्राफी हिमा बराईली (बि बोइङ डान्स सेन्टर) ले गरेकि छिन । क्यामेरामा भुपेन्द्र योङ्हाङ र फुङ्सो जबेगु, मेकप आर्टिस्ट शान्ति ब्युटी पार्लर फुङलिङ बजार रहेका छन । भिडियोको निर्देशन मिलन बिश्वकर्माले गरेका छन भने प्रोडक्सनको पुर्ण जिम्मेवारी पाथीभरा कृयशन हाउस प्रा. लि.का हर्कराज गुरुङले गरेका छन । बदलिदो समाजलाई हाम्रो मौलिक परिचय ‘चिया दोकान’ ले परिभाषित गर्ने हेतु ताप्लेजुङमा सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका साहित्यकार भट्टराईले जुराउनु भएको नाम ‘दिलमायाको चिया दोकान’ले नेपाली मौलिकता र राजनीति विश्लेषण गर्ने थलोको रुपमा परिभाषित छन ।

अडियो भिडियोको निर्माणमा प्रजिन हाङबाङ, युवराज गिरी, लोकेश लिवाङ, काजी गुरुङ, हर्क राज पालुङ्वा, डम्बर लङ्वा, युवराज घोर्साईं, राजेन्द्र पन्त, सुनिल रेग्मी, आशिष केदेम, करण गौतम, रमला लिम्बु, सुरेन्द्र कार्की ÷ मनिसा भट्टराई – कालिज कटेज, दिनेश लिङ्खिम, लेखक प्रशान्त, छेतेन शेर्पा, खगेन्द्र अधिकारी, एलिना दियाली,सन्तोष पुर्कुटी, सेविका (दिलमाया) लगायतको सहभागिता रहेको छ ।

 

 

वि.सं.२०८१ पुस २० शनिवार ०८:४० मा प्रकाशित

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...