back
CTIZAN AD

माओवादीलाई १८ बुँदे सुझाव

वि.सं.२०८१ पुस २० शनिवार

3.1K 

shares

नेकपा(माओवादी केन्द्र) को पौष २१ गते देखि हुने आसन्न केन्द्रीय समितिको बैठकमा ध्यानाकर्षण होस् भन्दै सुझाव सार्वजनिक गरिएको छ ।

लामो समय देखि माओवादी आन्दोलनमा साथ दिँदै आएका र व्यवशायिक कृषिमा जोडिदै आएका कृष्ण बन्जाडेले १८ बुँदे सुझाव सार्वजनिक गरेका हुन् । उनले कृषि सम्बन्धि निम्नानुसारको नितीगत निर्णय गरि कार्यन्वयनमा जाओस भन्ने अपेक्षा गरेका छन् ।

उनको सुझाव यस प्रकार रहेको छ :-
१.नेपालको जमिन तीन खण्डमा छुट्याउने
क कृषियोग्य जमिन,
ख ओैधोगिक क्षेत्र,
ग आवास क्षेत्र ।
२. हजारौं हजार बाझो जमिन लिजमा सरकारले लिएर कृषि उधमिलाइ जिम्मा दिने ।
३ .कृषि उधोगसंग जल,जमिन र जंगल जोडने ।
४. एग्रो टुरिज्मको विकास गर्ने ।
५. कृषि उधोगिलाइ कृषि श्रमिक, मल, बीउ, सिंचाइ, विषादी, प्राविधिक, मेशिनरी ओैजार तथा क्षेत्रफल र उत्पादनका आधारमा अनुदान नगदमा नभइ जिन्सिमा उपलब्ध गराउने तथा कृषि उत्पादनका लागि पुर्णरुपमा मेकानाइज गर्ने ।
६. मध्यपहाडी क्षेत्रमा मुख्यतयाः कोदो, फापर, मकै, घैया धान, रैथाने धान उत्पादन, तरकारी र फलफूल, बाख्र, गाई भैंसी पालन, टारमा एकीकृत बस्ती विकास परियोजना संचालन गरि पहाडी बसाइँसराइँ न्युनिकरण तथा रोजगारी सृजना गर्ने ।
७. पहाडी खोलानालाहरुमा बाध, ब्रेकर तथा पुनरभरण पोखरी Recharge pond निर्माण गरि जलको उचित ब्यबस्थापन गर्ने ।
८. पशुपालनका लागि घाँस तथा दानाका लागि दाना उत्पादनबाट बृहतरुपमा पशुपालन गर्ने ।
९. कृषकको उत्पादन पुर्णरुपमा राज्यले खरिद गर्नुपर्ने ।
१०. तराई क्षेत्र झापा–कंचनपुर सम्म पशुपलनमा भैंसी र गाईपालनको जोन बनाउने ।
११. स्कुल, सार्वजनिक, निजी, नदि उकाश जमिनलाई पुर्णरुपमा राज्य मार्फत संचालनमा ल्याउने ।
१२ .उत्पादन ब्रिगेड निर्माण गरि पार्टी केन्द्रको कमान्डमा विभिन्न उत्पादन आर्क निर्माण गरि ठुला ठुला कृषि फर्म संचालन गर्ने र सम्पूर्ण पर्टी पंक्ति उत्पादनमा लाग्ने ।
१३. घाइते अपांग, वेपत्ता, सहिद परिवारलाई अनिवार्य कृषि उत्पादनमा जोडेर रोजगार मुलक बनाउने ।
१४ कृषि फर्म संचालनका लागि सबै पार्टी सदस्यले रु.१०००।- शेयर अनिवार्य गरि काम अगाडि बढाउने ।
१५. सामुदायिक, निजी विधालयका विधार्थिलाइ सिफ्टको आधारमा उत्पादन र उत्पादन सम्बन्धसँग जोडने सम्बन्धित पालिकामा नितीगत निर्णय गराइ अनिवार्य गराउने ।
१६.देशको सम्पूर्ण क्षेत्रको DPR-detail project report तयार गरि कृषि परियोजना संचालन गर्ने र प्रत्येक पार्टी सदस्य उत्पादनमा जोडिनु पर्ने ।
१७ तराईमा धान, गहु, तोरि, दलहन, फलफूल, तरकारी, कम्पोष्ट मल उत्पादन गरि आत्मनिर्भर राज्य निर्माण गर्ने ।
१८. भारत र चिनका कृषि फर्म र कृषि विश्वविधालयहरुसंग भगीनि सम्बन्ध कायम गरि प्रविधि, सीप, ज्ञान र अध्ययनको आदानप्रदान गरि समृद्ध कृषि बनाउने ।

यसरी सानो सुझाव तथा धारणा पेश गरेको छु । देशका विज्ञ टिम निर्माण गर्ने तर्फ पार्टी केन्द्रको विशेष ध्यान पुगोस । कुनै पनि देश समृद्ध बन्न राजनीति नेतृत्वको तिब्र इच्छाशक्ति र दृढ संकल्प विना सम्भव छैन । अर्को कुरा कुनैपनि देशमा Science & technology का Re–search Center स्थापना नगरि देश समृद्ध हुन सक्दैन यसमा विशेष ध्यान जाओस् । यो केन्द्रीय समितिको बैठक दिर्घकालिन योजना सहित समृद्ध नेपाल बनाउने नितीगत निर्णय गरोस जुन ब्यबहारमा लागू गर्न सकियोस् । कार्य विभाजनमा पनि उत्पादन र विकास योजना भएको कमरेडलाई जिम्मेवारी दिइयोस् । चिनियाँ कम्युनिस्ट पार्टी जस्तो सात आठ जनाको मात्र स्थायी कमिटी बनाउने दिशा तर्फ उद्दत होस । प्रत्येक केन्द्रीय सदस्यले एउटा उत्पादन ब्रिगेडको जिम्मेवारी लियोस । यसैमा महान सहिदहरुप्रति सम्मान रहनेछ र जनताको सपना पूरा हुनेछ ।

वि.सं.२०८१ पुस २० शनिवार ०९:०७ मा प्रकाशित

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...