back
CTIZAN AD

पत्रकार मुकेश चन्द्रकारको हत्याका मुख्य आरोपित पक्राउ

वि.सं.२०८१ पुस २२ सोमवार

948 

shares

काठमाडौँ । भारतमा पत्रकार मुकेश चन्द्रकारको हत्याका मुख्य आरोपित पक्राउ परेका छन् । छत्तीसगढ प्रहरीको एसआईटीले आइतबार हैदराबादबाट ठेकेदार सुरेश चन्द्रकारलाई पक्राउ गरेको हो । ३३ वर्षीय मुकेश चन्द्राकार यही जनवरी १ गते रातिदेखि घरबाट बेपत्ता भएका थिए । पछि उनको शव सेप्टिक ट्यांकीमा भेटिएको थियो ।

यस घटनामा जनवरी ३ का दिन प्रहरीले सुरेश चन्द्रकारका दुई दाजु रितेश र दिनेश चन्द्राकारसहित महेन्द्र रामटेकेलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । डिसेम्बरमा पत्रकार मुकेशले माओवादी प्रभावित क्षेत्रमा सडक निर्माणमा भ्रष्टाचार भएको समाचार छापेका थिए । यो खबरपछि प्रदेश सरकारले उक्त सडक निर्माण ठेक्कामा छानबिन थालेको थियो ।

प्रहरीका अनुसार जनवरी १ गते साँझ पत्रकार मुकेशलाई रितेशले घरमा खाना खान बोलाएका थिए । उक्त साँझ खाना खाने क्रममा रितेश र मुकेशबीच विवाद हुँदा मुकेशको हत्या भएको अुनसन्धानमा खुलेको प्रहरीले जनाएको छ । छत्तीसगढको बस्तरमा भएको यो हत्या घटना भारतभर चर्चाको विषय बनेको छ ।

वि.सं.२०८१ पुस २२ सोमवार ११:५१ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...