back
CTIZAN AD

सिरियालाई सात करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

वि.सं.२०८१ पुस २५ बिहीवार

690 

shares

जेनेभा । वर्षौंको गृहयुद्ध र दशकौँको तानाशाहीपछि देश सङ्क्रमणकालमा हुँदा संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सीले बिहीबार सिरियाका लागि सात करोड ३० लाख डलरभन्दा बढी सहयोगको अपिल गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले आगामी छ महिनामा सिरियाभरका ११ लाख मानिसलाई सहयोग गर्ने लक्ष्यका साथ सिरियाका लागि गत महिना सुरु गरिएको तीन करोड डलरबाट सात करोड ३२ लाख डलरको अपिल दोब्बरभन्दा बढी भएको बताएको छ ।

“राष्ट्र लगभग १४ वर्षको सङ्घर्षबाट पार पाउँदै गर्दा आइओएम सिरियाका जनतालाई यस ऐतिहासिक क्षणमा सहयोग गर्न प्रतिबद्ध छ”, आइओएमका प्रमुख एमी पोपले एक विज्ञप्तिमा भने, “सिरियाको राम्रो भविष्य निर्माण गर्न हामी सबै साझेदारहरूसँग मिलेर काम गर्दा आइओएमले देशभरका कमजोर समुदायहरूलाई सहयोग गर्न मानवीय सहायता र पुनप्र्राप्तिमा हाम्रो गहिरो अनुभव ल्याउनेछ ।”

जेनेभास्थित एजेन्सीले सन् २०२० मा दमास्कसबाट बाहिरिएपछि सिरियाभित्र आफ्नो उपस्थिति पुनः स्थापित गर्न काम गरिरहेको जनाएको छ । यो विगत दुई दशकमा त्यहाँ काम गरेको अनुभव र उत्तर–पश्चिम सिरियामा सहायता पु¥याउन विगत दशकमा गरेको सीमा–पार गतिविधिहरूमा आधारित छ ।

एजेन्सीले ‘सिरियाभर विस्थापित र फर्केका समूहहरूसहित सबैभन्दा जोखिममा रहेका र कमजोर समुदायहरूलाई तत्काल सहायता प्रदान गर्ने’ लक्ष्य राखेको बताएको छ ।

अनुरोध गरिएको रकम आवश्यक राहत सामग्री र नगद, आश्रय, सुरक्षा सहायता, पानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य सेवाहरू प्रदान गर्न प्रयोग गरिने बताइएको छ ।

यी रकमहरू विस्थापित वा स्थानान्तरणको तयारीमा रहेका सहित चलायमान व्यक्तिहरूलाई पुनप्र्राप्ति सहयोग प्रदान गर्न पनि जानेछन् ।

दशकौँको तानाशाहीपछि गत महिना शक्तिशाली बशर अल-असदको आकस्मिक निष्कासनपछि सिरियामा भएको नाटकीय राजनीतिक उथलपुथलले जनताको ठूलो आन्दोलनलाई उत्प्रेरित गरेको छ ।

लगभग १४ वर्षको गृहयुद्धका क्रममा सिरियाको आधा जनसङ्ख्या आफ्नो घरबाट विस्थापित भएका थिए, लाखौँ मानिस देशबाट भागेका थिए र थप लाखौँ आन्तरिक रूपमा विस्थापित भएका थिए । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले यस वर्षको पहिलो छ महिनामा करिब १० लाख मानिस देशमा फर्कने अपेक्षा गरेको छ ।

साथै सन् २०२४ को अन्त्यसम्ममा संयुक्त राष्ट्र मानवीय एजेन्सीले सिरियाभित्र आन्तरिक रूपमा विस्थापित भएका करिब पाँच लाख मानिसको फिर्ती रेकर्ड गरिसकेको आइओएमले औँल्याएको छ । एएफपी

वि.सं.२०८१ पुस २५ बिहीवार १९:४५ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...