back
CTIZAN AD

मधेस प्रदेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

वि.सं.२०८१ पुस २५ बिहीवार

675 

shares

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।

मधेस प्रदेशसभाको आजको बैठकबाट उक्त विधेयक सर्वसम्मत पारित भएको हो । उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाले विधेयक प्रस्तुत गरेका थिए । मन्त्री मियाले विधेयकका विभिन्न पक्षहरूको चर्चा गर्दै यसले मधेसको पर्यटन क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने र पर्यटकीयस्थलको प्रवर्द्धनमा मद्दत पुग्ने बताए ।

विधेयकमा मधेस प्रदेशको पर्यटकीयस्थललाई विश्वसामु प्रस्तुत गर्न र स्थायीय समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्ने रणनीति समावेश गरिएको उनको भनाइ छ । यसका साथै पर्यटनका लागि नयाँ संरचनात्मक ढाँचा निर्माण, मार्गदर्शन नियमावलीको निर्माण र प्रचारप्रसार कार्यक्रम राखिएको छ ।

बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्रीले, “प्रदेश बीउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्नुभएको थियो ।” यस विधेयकको उद्देश्य प्रदेशको कृषि क्षेत्रलाई थप समृद्ध बनाउन र कृषकको उत्पादन क्षमता वृद्धि गर्ने रहेको उनको भनाइ थियो । मधेस प्रदेशसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

 

वि.सं.२०८१ पुस २५ बिहीवार १९:२३ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...