back
CTIZAN AD

अब बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

वि.सं.२०८१ पुस २६ शुक्रवार

936 

shares

काठमाडौँ । माघ १ गतेदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८०’ लाई संशोधन गर्दै माघ १ गतदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर अनिवार्य गरेको हो ।

‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीइ अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकीन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ’, राष्ट्र बैंकले एकीकृत निर्देशनको संशोधित व्यवस्थामा उल्लेख गरेको छ ।

राष्ट्र बैंकले सरकारले भुक्तानी दिनुपर्ने बैंक खाताबाट भुक्तानी निकाल्दा पनि त्यस्तो खातामा अनिवार्य रूपमा ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्ने व्यवस्था गरेको छ ।

साथै नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै उच्च पदस्थ व्यक्तिहरूको राष्ट्रिय परिचयपत्रको विवरण माघ १ गतेभित्र नै अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ । उच्च पदस्थ व्यक्तिहरूको वर्गीकरण, उच्च पदस्थ व्यक्तिको परिवार वा नजिकको सम्बन्ध एकिन गर्नको लागि पनि निर्देशनअनुसार व्यवस्था गरिएको संयन्त्र प्रयोग गर्नुपर्ने संशोधित एकीकृत निर्देशनमा उल्लेख छ ।

अहिलेसम्म उच्च पदस्थ व्यक्तिको अभिलेख सो व्यक्ति पदबाट अवकाश वा मुक्त भएको मितिले पाँँच वर्षसम्म राख्नुपर्ने व्यवस्थालाई राष्ट्र बैंकले बढाएर १० वर्ष पुर्याएको छ ।

वि.सं.२०८१ पुस २६ शुक्रवार १३:०० मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...