back
CTIZAN AD

लहान शाखामा कर्जा असुली तथा लिलामी सम्बन्धी समाचार भ्रमपूर्ण : कृषि विकास बैंक

वि.सं.२०८१ पुस २९ सोमवार

588 

shares

काठमाडौँ । कृषि विकास बैंकले शाखा कार्यालय लहानका प्रबन्धक लगायतका कर्मचारीहरुलाई जोडेर विभिन्न सामाजिक संजाल तथा संचार माध्यमहरुमा प्रकाशित कपोलकल्पित तथा भ्रमपुर्ण समाचार तथा अत्यावश्यक सेवा अन्तरगत रहेको बैंकिंग सेवानै ठप्प हुनेगरी दैनिक कामकाज गर्न वाधा पुग्ने गरी बंैकमा तालावन्दी ढुङ्गा मुढा तथा होहल्ला गर्नाका साथै बैंकिङ्ग सेवा वन्द गर्ने लगायतको कार्य प्रति यस बैंकको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकले एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै सत्य तथ्य भन्दा बाहिर गई वास्तविकता भन्दा फरक ढंगले सम्प्रेषित समाचार तथा अराजक गतिविधिले यस बंैकका ग्राहक, सरोकारवाला एवं सर्वसाधारणमा भ्रम श्रृजना भएको तथा बैंकको सेवा प्रवाह अवरुद्ध भएको जनााएको छ । बैंकले यस खालका अमर्यादीत एवं अवाञ्छित व्यवहार गरी बैंक जस्तो संवेदनशिल स्थानमा हुलहुज्जत भएको घटनाको सम्बन्धमा सत्य तथ्य विवरण सरोकारवाला सबैको जानकारीको लागि सम्पे्रषण गर्न आवश्यक देखिएकोले यो प्रेष विज्ञप्ति जारी गरिएको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ ‘यस बैंकको लहान शाखा कार्यालयबाट मिति २०७७/११/१५ देखि सरल कृषि कर्जा र व्यक्तिगत ओभरड्राफ्ट शीर्षक अन्तर्गतको कर्जा उपभोग गर्नु भएका कर्जा ग्राहक जिल्ला सिराहा, लहान नगरपालिका वडा नं. २ बस्ने श्री रामचन्द्र यादवले बैंकलाई भुक्तानी गर्नुपर्ने साँवा एवं व्याज कर्जा सम्झौता बमोजिम तोकिएको समयमा भुक्तानी नगरी निर्धारित भाखा नाघेको र लामो समयसम्म पनि कर्जा चुक्ता/भुक्तान नगरे पश्चात बैंकले पटक पटक मौखिक एवं लिखित रुपमा पत्राचार गरी ताकेता गरेको र यसै सन्दर्भमा मिति २०७९/०१/२० मा २१ दिने सार्वजनिक सुचना मार्फत जानकारी गराएको, सो समयावधि भित्र समेत कर्जा राफ साफ नगर्नु भएकोले बैंकको प्रचलित कर्जा असुली कार्यविधि तथा प्रचलित नियम बमोजिम कर्जा असुलीको थप प्रकृया स्वरुप धितो लिलामीको लागि पहिलो पटक मिति २०७९/१०/२३ गते, दोस्रो पटक मिति २०८०/०२/१७ गते र तेस्रो पटक मिति २०८०/०८/०४ गते राष्ट्रिय दैनिक पत्रिकामा सुचना प्रकाशन गरी भाखा नाघेको कर्जाको साँवा र व्याज तिर्न वारम्वार मौका दिएको अवस्थामा समेत भाखा नाघेको कर्जाको साँवा र व्याज भुक्तानी गर्न चासो नदिई बसेको हुँदा नियम सम्मत चौथो पटक मिति २०८१।०६।०८ मा धितो लिलामी सुचना प्रकाशन गर्दा रीतपूर्वक प्राप्त शीलबन्दी बोलपत्र मध्येबाट आवश्यक प्रकृया पुरा गरी बोलपत्र स्वीकृत गर्नुको साथै शीलबन्दी बोलपत्र कवोल गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दा.खा. गरेको व्यहोरा जानकारी गराउँदछांै ।’

‘यसरी बंैकले विद्यमान कानूनी प्रकृया एवं प्रचलित बंैकिङ्ग अभ्यासको पूर्ण अवलम्बन गरी सम्पन्न गरेको धितो लिलामी प्रकृयामा असहमति जनाई ऋणी÷धितो जमानत दाता समेतको संलग्नतामा मिति २०८१/०९/११ गते र मिति २०८१/०९/२३ गतेका दिन केही व्यक्तिहरुले यस बैकको लहान शाखाको प्रांगण आसपास तथा लहान बजार भरी भ्रम सिर्जना हुनेगरी गलत प्रचार प्रसार नाराबाजी गर्ने, हुल हुज्जत गर्ने सामाजिक संजाल तथा अन्य संचार माध्यममा सत्य तथ्य विपरित अनर्गल तथा कपोलकल्पित समाचार सम्प्रेषण गरी जनमानसमा भ्रम श्रृजना गर्ने तथा बैंकको नियमित कारोवार सञ्चालनमा बाधा पुग्ने गरी कार्यालयमा तालावन्दी गर्नुका साथै कर्मचारीहरुमाथि अमर्यादीत तरिकाले गालि गलौज र धाकधम्की दिई बैंकको मुल गेटमा समेत पाल विच्छाई धर्नामा वसी बंैक सञ्चालनमा समेत बाधा पु¥याएकोमा आज पुनः निज ऋणी सहितको अराजक भीड जम्मा भई यस बैंकको लहान शाखामा तालावन्दी गर्ने, ढुङ्गामुढा तथा तोडफोड गर्ने जस्ता अवाञ्छित गतिविधि गरी बैंकको भौतिक सम्पत्तिको नोक्सानी गराउने, बैंकको सेवा अवरुद्ध गराउने तथा बैंक कर्मचारीहरुको सुरक्षामा समेत गंभीर आँच आउन सक्ने खालका गैर कानूनी तथा अवाञ्छित कार्य भएको छ ।’ विज्ञप्तीमा थपिएको छ ।

बैंकले निज ऋणी लगायत आन्दोलन र धर्ना दिने व्यक्तिहरु कानूनी उपचार खोज्नु भन्दा पनि बैंकको बदनाम तथा विरोध गर्ने र अफवाह फैलाउने, बैंकको भौतिक सम्पत्तिको क्षति गराउने, बैंक कर्मचारीहरुको मनोवल गिराउने तथा समग्र बैंकिङ्ग सेवा अवरुद्ध गराउने तर्फ उद्यत देखिएकोले यस्ता खालको गैर कानूनी अवाञ्छित गतिविधि प्रति घोर भत्र्सना गर्दै आपत्ति सहित खेद प्रकट गरेको छ ।

‘यसरी गरिएको लिलाम प्रक्रिया चित्त नबुझेको खण्डमा कर्जा ग्राहक नियमानुसार कानूनी प्रकृयामा जानसक्ने अवस्था हुँदा हुँदै बैंक जस्तो सम्बेदनशील सस्ंथाको सेवा नै अवरुद्ध हुने गरी बाधा व्यवधान सिर्जना गर्नु कदापी उचित नहुने व्यहोरा सम्बन्धित सवैमा अनुरोध गर्दै बैंक जस्तो अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्थाको सेवा निर्वाध रुपमा सञ्चालन हुने वातावरण निर्माणका लागि सम्बन्धित सबै समक्ष सादर अनुरोध गर्दछौ ।’ प्रकाशित विज्ञप्तीमा भनिएको छ ।

 

वि.सं.२०८१ पुस २९ सोमवार १३:११ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...