back
CTIZAN AD

गरिमा विकास बैंकको साधारणसभामा लाभांश वितरणको प्रस्ताव पारित

वि.सं.२०८१ माघ १ मंगलवार

618 

shares

काठमाण्डौँ । गरिमा विकास बैंकको साधारणसभाले पाँँच प्रतिशत नगद लाभांश (करसहित) सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार पोखरामा सम्पन्न १८औँं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापूँजीको पाँच प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गरेको हो ।

सभामा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको बैंकले जनाएको छ । यसैगरी, सभाबाट आगामी कार्यकालका लागि संस्थापक सेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी तीन जना सञ्चालकहरुमा दिलिपप्रताप खाँड, श्यामप्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने तीन जना संचालकहरुमा विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोईराला सर्वसम्मतिबाट चयन भएका छन् ।
नवनिर्वाचित सञ्चालकमध्ये बस्याल, श्रेष्ठ र पाण्डे पुराना अनुहार हुन् भने बाँकी नयाँ अनुहार हुन् ।

सभालगत्तै बसेको सञ्चालकहरुको बैठकले बैंकको सञ्चालक समितिको अध्यक्षमा दिलिपप्रताप खाँडलाई मनोनीत गरेको छ । यसअघि अध्यक्षको रुपमा श्याप्रसाद बस्यालले काम गरेका थिए ।

वि.सं.२०८१ माघ १ मंगलवार १३:४९ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...