back
CTIZAN AD

‘जिनाइन केराको बिरुवाको माग बढ्दो’

वि.सं.२०७४ जेठ १४ आइतवार

1K 

shares

१४ जेठ, दाङ । जिल्लामा पछिल्लो समयमा नयाँ जातको ‘जिनाइन’ केराको बिरुवाको माग बढ्दोे छ ।

थोरै समयमा धेरै उत्पादन गर्न सकिने सकिने यो केराको माग अत्यधिक रहेकाले नर्सरीमा रहेका बिरुवा किसानलाई पु¥याउनै मुस्किल भएको ‘स्वर्गद्वारी एग्रो नेपाल’ प्राली तुलसीपुर शाखाका प्राविधिक माधव केसीले जानकारी दिनुभयो ।

हेर्दा आकर्षक सानो बोट र एक वर्षमै उत्पादनलिन सकिने जिनाइन केरा प्रतिबिरुवा ५० रुपैयाँमा कृषकलाई बिक्री गदै आएको केसीले बताउनुभयो । दाङको लमही र बर्दियामा कल्चर गरिएका बिरुवा यहाँको नोबेल कृषि फर्मले कृषकको आवश्कता अनुसारपूर्ति गर्दै आएको छ ।

‘जिनाइन केराको माग अत्यधिक छ, –नोबेल कृषि फर्मका सञ्चालक रुद्रमणि लम्सालले भन्नुभयो । “अन्य परम्परागत केरा फल्न दुई वर्ष लाग्ने र थोरै कोसा हाल्ने भएका कारण पनि यो जातको केराको माग बढेको जिल्ला कृषि विकाश कार्यालयका बालीविकास अधिकृत धनराज गौतमले बताउनुभयो। ”

उहाँका अनुसार यो केरा एकै वर्षमा उत्पादन लिन सकिने र प्रति बोट करिब दुई सयदेखि २५० सम्म दाना दिने गर्छ ।

“हामीहरुले यो केराको व्यावसायिक उत्पादनका लागि गतवर्ष कृषकलाई अनुदानमा २० हेक्टर जमिनमा खेतीका लागि वितरण गरेको छाँैं यस वर्ष पनि हामीले अनुदानमा वितरण गर्दैछौं उहाँले भन्नुभयो ”।

जिल्ला कृषि विकास कार्यालयले आयात प्रतिस्थापनका लागि यसवर्ष करिब १० हजार बिरुवा एक हजार ६०० हेक्टरमा लगाउने योजना रहेको अधिकृत गौतमले बताउनुभयो ।

सो कार्यालयले केराखेती गर्न चाहने किसानलाई ५० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गर्न लागेको छ जसमा किसानको ५० र कृषि विकास कार्यालयको ५० प्रतिशत लगानी रहने अधिकृत गौतमले जानकरी दिनुभयो । हाल दाङमा व्यावसायिक केरा उत्पादन नहँुदा भारत र अन्य जिल्लाबाट दैनिक तुलसीपुर, घोराही र लमहीमा तीन÷तीन ट्रक केरा आयात हुँदै आएको छ ।

‘‘जिल्लामा यतिनै केरा आयात हुन्छ, भन्नसक्ने अवस्था छैन तर सरदर दैनिक तीन÷तीन गाडी केरा बजारमा पुग्छ । जिनाइन केराको बिरुवा पाँच फिटको हुने र राम्रो उत्पादन हुने भएपछि किसानको रोजाइँमा परेकाले आफूले पनि सोही बिरुवा बिरुवा लिन लागेको हुँ’’– स्थानीय किसान कलिमान खड्काले बताउनुभयो ।kera

तस्बिर रासस

वि.सं.२०७४ जेठ १४ आइतवार ०८:२२ मा प्रकाशित

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

ढोरपाटन (बागलुङ) । तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...

यस्तो छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...