back
CTIZAN AD

व्यासमा कृषिउपज सङ्कलन केन्द्र स्थापना

वि.सं.२०८१ माघ २ बुधवार

579 

shares

दमौली (तनहुँ) । व्यास नगरपालिका–१० दुम्सीमा कृषिउपज सङ्कलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ । गाउँमा उत्पादित माछामासु, दूध, तरकारी, फलफूललगायत कृषिउपज सङ्कलन गरी सहज रूपमा बजारीकरण गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो ।

नगरको रु ३५ लाख ५१ हजार सहयोग र बाँकी जनश्रमदानबाट सङ्कलन गरी रु ४० लाख ७४ हजार तीन सय ५९ लागतमा निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेले मङ्गलबार उक्त केन्द्र उद्घाटन गर्दै सङ्कलन केन्द्रमार्फत उत्पादक र उपभोक्ता प्रत्यक्ष रूपमा जोडिनुका साथै स्थानीय उत्पादनको सहज बजारीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कृषकहरूको उत्पादन खेर नजाओस् र उचित बजार मूल्य प्राप्त होस् भन्ने उद्देश्यले केन्द्र सञ्चालन गर्न आर्थिक सहयोग सङ्कलन गरिएको उनले भने ।

नगरका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले दूध, माछामासु, फलफूल तथा तरकारीजन्य वस्तुको आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनाउने र निर्यात गर्नेगरी कृषकले उत्पादन गर्नुपर्नेमा जोड दिए ।

व्यास–१० का वडाध्यक्ष खेमराज पोख्रेलले स्थानीयस्तरमा उत्पादित नगदेबाली, बेमौसमी तरकारी, अन्नबालीलगायत कृषिउपज बिक्रीका लागि किसानले बजार खोज्दै हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गर्न केन्द्र सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

कृषिउपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन भएसँगै स्थानीय किसान खुसी भएका यहाँस्थित सिसुवा भतेरी कृषि सहकारी सस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।

 

वि.सं.२०८१ माघ २ बुधवार १४:५४ मा प्रकाशित

नीलगाई र बँदेलको आतङ्कले महोत्तरीका किसान चिन्तित

नीलगाई र बँदेलको आतङ्कले महोत्तरीका किसान चिन्तित

महोत्तरी । यहाँका बस्तीबस्तीमा नीलगाई र बँदेलको सङ्ख्या बढेको छ...

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र खाली गर्न निर्देशन

महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र खाली गर्न निर्देशन

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमन...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको...

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत...