back
CTIZAN AD

भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास

वि.सं.२०८१ माघ २ बुधवार

615 

shares

जलेश्वर (महोत्तरी) । २७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा आज जिल्ला सदरमुकाम जलेश्वरमा सुरक्षाकर्मीले खोजी, उद्धार र उपचारसम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा जलेश्वर नगरपालिका– २ स्थित दुर्गा चोकमा सुरक्षाकर्मीले उक्त कृत्रिम अभ्यास प्रदर्शन गरेका हुन् ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस शाखा कार्यालयको संयुक्त टोलीले भूकम्पका बेला हुनसक्ने भौतिक तथा मानवीय हानीनोक्सानीका बेला गरिने खोजी, उद्धार र उपचार प्रक्रियाबारे कृत्रिम अभ्यास प्रस्तुत गरेका थिए ।

उक्त प्रदर्शनी पश्चात प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले नगरवासीलाई भूकम्पबाट बच्न, बचाउन अपनाउनुपर्ने सावधानीका बारेमा बताउनुभएको थियो । कृत्रिम अभ्यास हेर्न सयौँको सङ्ख्यामा सर्वसाधारण जम्मा भएका थिए ।

वि.सं.२०८१ माघ २ बुधवार १९:५८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...