back
CTIZAN AD

विभिन्न स्थानमा आगलागी हुँदा करोडौँको क्षति

वि.सं.२०८१ माघ ३ बिहीवार

966 

shares

काठमाडौं । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रबिसे बजारमा बुधबार दिउँसो भएको आगलागीबाट रु दुई करोड बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट बाह्रबिसेमा पाँच वटा घर जलेर नष्ट भएका हुन् ।

आगो नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा निभाइएको थियो । गाउँपालिकाका अध्यक्ष भिम सिङ्थाका अनुसार पाँच घर जलेर नष्ट हुनुका साथै घरमा रहेका गरगहना, लत्ताकपडा र खाद्यान्न कसैले झिक्न पाएनन् ।

आगलागी पीडितलाई सभापोखरी गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिकाले पीडितलाई दुई थान ओड्ने र ओछ्याउने कपडा, भान्सामा प्रयोग हुने सामाग्री र खाद्यान्न वितरण गरेको अध्यक्ष सिङ्थाले बताए ।

अग्नी पीडित आफन्त र छिमेकीको घरमा बसेका छन् । आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बु, शुशिल तामाङ र निर्मला कालाखेतीको घर जलेको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । आगलागीबाट पाँच घरका कम्तिमा १७ जना विस्थापित भएका छन् ।

बुधवार दिउँसो रामबहादुर राईको घरबाट आगलागी सुरु भएको थियो । आगलागीबाट मानवीय क्षति भने भएको छैन । आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन नभएको प्रहरीले जनाएको छ ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ गैरीस्थित मुक्ति बास्तोलाको घरमा नेचासल्यान–३ बस्ने रमेश बास्तोलाले सञ्चालन गर्नुभएको होटलमा विद्युत् सर्ट भई बुधबार साँझ आगलागी हुँदा घर, घरभित्र रहेका लत्ताकपडा, भाँडा, अन्नपात, गरगहनालगायत अन्य सामाग्री पूर्णरूपमा जलेर नष्ट भएका छन् । उक्त आगलागीबा करिब रु २३ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले अनुमान गरेको छ ।

त्सस्तै, खोटाङको बराहपोखरी गाउँपालिका–५ मौवाबोटे बस्ने ८१ वर्षीय पदमबहादुर राईको घरमा बुधबार दिउँसो आगलागी हुँदा नगद, सुनका गरगहाना, अन्नपात, लत्ताकपडा, भाँडासहित करिब रु आठ लाख २२ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीस्थित हरी श्रेष्ठको कालिका कपास फ्याक्ट्रीमा विद्युत सर्ट भई बुधबार बेलुकी आगलागी हुँदा फ्याक्ट्री पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइनसकेको प्रहरीले जनाएको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–९ झरनापुलस्थित टप क्वालिटी पाट्र्स सेन्टर ग्यारेजमा मर्मत गरिरहेको अवस्थामा को १ च ६६१० नम्बरको कारमा ब्याट्रीको तार सर्ट भई बुधबार राति आगलागी हुँदा कार पूर्णरूपमा जलेर नष्ट भएको छ । उक्त आगलागीबाट करिब रु २५ लाख बराबरको क्षति भएको छ । प्रहरीले स्थानीय तथा दमकलको सहयोगमा आगो निभाइनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस /फाइल फोटो

वि.सं.२०८१ माघ ३ बिहीवार १३:२४ मा प्रकाशित

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...