
काठमाडौँ । चर्चित गायिका मेलिना राईले इलामका गुरुङ थरका युवकसँग इन्गेजमेन्ट गरेकी छन् । काठमाडौँस्थित आफ्नै घरमा परिवारजन र नजिकका आफन्तहरूको सीमित उपस्थितिमा मेलिना जोडीको इन्गेजमेन्ट भएको हो ।
मेलिनाकोे शुक्रवार नै विवाह समारोह हुँदैछ । विवाहमा समेत घरपरिवार र नजिकका छिमेकी तथा आफन्तजनलाई मात्र निम्तो दिइएको बताइएको छ ।
स्रोतले भन्यो, ‘विवाहमा खासै धेरैलाई बोलाइएको छैन । आफन्त र परिवारको साधारण जमघटमा विवाह गर्न लागिएको हो । त्यसैले हल्ला गरिएको छैन ।’ मेलिनाले प्रेमपछि मागी विवाह गर्न लागेकी हुन् ।
वि.सं.२०८१ माघ ३ बिहीवार १३:०७ मा प्रकाशित