back
CTIZAN AD

कस्तो भाडाँमा खाना पकाउँदा स्वास्थ्यवर्धक

वि.सं.२०८१ माघ ३ बिहीवार

3.8K 

shares

१. परिचय
१.१ भूमिका
नेपालमा धेरैथरीका भाँडावर्तन प्रचलनमा छन् । जस्तो तामाको, स्टिलको, प्लास्टिकको, माटोको, कांसको, फलाम आदिको । यसमध्ये कस्तो भाँडामा खाना पकाउँदा र खाँदा स्वास्थ्यलाई फाइदा गर्छ ? कस्तो भाँडावर्तनले हानि गर्छ ? भन्ने कुरामा हामीले थोरै ध्यान दिने गर्दछौं । पोषण तत्वको आधारमा जति खानाको महत्व छ त्यत्ति नै खाना पकाउने भाडाको पनि महत्व छ । हाम्रा पूर्खाहरुले प्रयोग गर्ने गरेका भाडाकुडाहरु अहिले आधुनिक जमानामा कम प्रयोग हुन थालेका छन् । जुन स्वास्थ्यका लागि लाभकारी नहुन पनि सक्दछन् । खासगरिकन अहिले प्लाष्टिकजन्य भाडाकुडाहरु अध्याधिक प्रयोग हुन थालेको छ । जुन स्वास्थ्यको लागि राम्रो मानिदैन । स्वास्थ्यको लागि खाना पकाउने भाडाको छनौटमा ध्यान पु¥याउन अति आवश्यक देखिन्छ ।

१.२ उद्देश्य
यस अध्ययनले निम्नलिखित उद्देश्य निर्दिष्ट रुपमा तय गरेको छ :
कस्तो भाडावर्तन प्रयोग गर्दा खाना स्वास्थ्यवर्धक हुन्छ ? त्यसको अध्ययन गरि भाडावर्तनको महत्वको रहस्य पत्ता लगाउने ।

१.३ अध्ययन विधि
अध्ययनको क्रममा निम्नलिखित शोध विधिहरु अपनाइएको छ :

१.३.१ पौराणिक ग्रन्थहरुको समीक्षा
यो अनुसन्धान गर्दा विशेष गरेर पौराणिक ग्रन्थहरु र अन्य दस्तावेजहरु सन्दर्भ सामग्रीको रुपमा लिइएको छ । आधुनिक विज्ञानको साथै परम्परगत ज्ञान र प्राकृतिक चिकित्सा विज्ञानमा आधारित भएर शोध कार्य गरिएको छ ।

१.३.२ बिभिन्न आधुनिक बिज्ञानको आलेखहरुको समीक्षा
शोध कार्यगर्दा बिभिन्न पत्र–पत्रिकाहरु, पुस्तक आदिको समीक्षा गरी महत्वपूर्ण ज्ञान उद्धरण गरिएको छ ।

२. सैद्धान्तिक मत
खानेकुरामा विभिन्न पोषक तत्व हुन्छन् । तर खानेकुरा पकाउने र खाने क्रममा ती सबै पोषक तत्व हामीले प्राप्त गर्न सक्दैनौं । खानेकुरा पकाउने क्रममा कतिपय पोषक तत्व नष्ट हुन्छन् । त्यति मात्र कहाँ हो र ? हामीले प्रयोग गर्ने कति भाँडा त यस्तो हुन्छ जसले पोषक तत्व नष्ट गर्ने मात्र होइन हानिकारक रसायन समेत पैदा गर्छ । त्यस्ता भाँडामा खानेकुरा पकाउँदा हामीलाई अनेक रोग लाग्ने गर्छ ।कुनै पनि भाडा निस्चित धातुबाट बनेका हुन्छन् । यदि धातुमा ताप दिंदा त्यसले आफ्नो गुण देखाउ“छ र तातोको कारणले हाम्रो खानामा पनि त्यो रासायनिक तत्वहरु घुलनशील हुन सक्छन् । धातुको आफ्नो गुण अनुसार त्यसले हाम्रो स्वास्थ्यमा सकारात्मक वा नकारात्मक प्रभाव पार्न सक्दछ ।

३ अध्ययनको नतिजा
कस्तो भाडामा खाना पकाउदा के फाइदा र वेफाइदा हुन्छ सो को आधारमा निम्नलिखित नतिजा प्रस्तुत गरिएको छ –

३.१ पित्तलको भाँडा
पित्तलको भाँडाको तापमा गुड कन्डक्टर हुन्छ । पुरानो जमानामा यसको प्रयोग धेरै हुन्थ्यो । पित्तलको भाँडामा खाना पकाउँदा र खाना खाँदा जुका पर्ने, कफ र वायुदोषको समस्या हुँदैन । यस्तो भाँडामा खाना बनाउँदा केवल सात प्रतिशत मात्र पौष्टिक तत्व नष्ट हुन्छ । पित्तलको भाँडाले एसिड र नुनसँग प्रतिक्रिया गर्छ । त्यसैले अमिलो र नुनिलो खानेकुरा यस्ता भाँडामा पकाउनु उपयुक्त हुँदैन । अन्यथा फुड पोइजनिङ हुन सक्छ ।

३.२ तामाको भाँडा
केही अध्ययनमा के पाइएको छ भने खानामा पाइने अर्गानिक एसिड तामाको भाँडासँग प्रतिक्रिया हुँदा धेरै तामा पैदा गर्न सक्छ, जुन हाम्रो शरीरको लागि हानिकारक हुन्छ । यसले फुड प्वाइजनिङ गराउन सक्छ । यद्यपि तामाको भाँडामा राखिएको पानी पिउँदा विभिन्न रोगबाट छुटकारा पाउन सकिन्छ । राति तामाको भाँडामा राखिएको पानी बिहान खाली पेटमा पिउँदा रक्त शुद्ध गराउँछ । स्मरण शक्ति बढाउँछ ।कलेजोसम्बन्धी समस्या हट्छ । त्यसो त पानी मात्र होइन, यस्तो भाँडामा भोजन गर्नु पनि लाभदायक मानिन्छ । तामाको भाँडाले खानेकुराको पौष्टिक गुण नष्ट हुन दिँदैन । तर तामाको भाँडामा दूध पिउन भने हुँदैन ।

३.२.१ तामाको भाडामा भुलेर पनि राख्नु नहुने खानेकुराहरु
हामीले तामाको भाडोमा राखेको पानी प्रयोग गरेमा कतिपय रोग नलाग्ने भन्ने कुरा सन्दै आएका छौं । तर, कतिपय चिजहरु तामाको भाडामा राखेको खानेकुरा खाएमा स्वास्थ्यका लागि निकै हानिकार कुने गर्छ । जुन चिजले विषको काम पनि गर्छ ।

कुन–कुन चिज तामाको भाडामा राख्नुहुन्न ?
अचारः अचार तामाको भाडामा कहिलै पनि राख्नुहुन्न । अचारमा भएको तत्व कपर पोइजनिङ्गमा परिणत हुन्छ, जसको प्रयोगले स्वास्थ्यलाई हानी गर्छ ।
दही  : दहीलाई तामो भाडामा राखेमा त्यसमा भएको पोषक तत्व उल्टै विषमा परिणत हुन्छ । जसको सेवनले मानिसलाई रिएक्सन गर्छ ।
दूध : दुध तामाको भाडामा राख्दा दही जस्तै दुधमा भएको पोषक तत्व विषमा परिणत हुन्छ । यसको सेवन गर्दा मानिसलाई बमेट हुने, झाडापखाला, पेट दुख्ने गायतका समस्या हुन्छन् ।
लेमन जूसः लेमन जूस पनि तामाको भाडामा राख्नुहुन्न । यसमा भएको एसिड तामाुंसंग मिले रिएक्ट हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसको प्रयोगले ग्याष्टिक, पेट दुख्ने समस्या पैदा हुन्छ ।
अमिलो खालका खानेकुरा :अमिलो खालका फलफुल, तरकारी लगायतका चिजहरु तामाको भाडामा राख्नुहुन्न । यसरी तामाको भाडामा राखेको खाएमा कमजोर भइने, अल्छी लाग्ने, रिङ्गटा लाग्ने र बेहोस हुने समस्या हुन्छ ।

३.२.२ तामाको भाडाको पानी कसरी पिउँदा स्वास्थ्यलाई फाइदा गर्छ ?
तामालाई हिन्दु परम्परा अनुसार पवित्र धातु मानिन्छ, र यसलाई वैदिक कार्यहरुमा अनिवार्य मानिन्छ । तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ । आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ । यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ ।

तामाको भाँडामा राखिएको पानी पिउनुका फाइदाहरु

१. तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा राखिएको पानी कहिल्यै पनि बेस्वादको हुँदैंन । त्यसैले लामो समयसम्म तामाको भाँडामा पानी राख्न सकिन्छ ।
२. तामामा प्राकृतिक रुपमा ओलीगोडिनेमिकको रुपमा (ब्याक्टेरियामा धातुलाई स्टेरलाइज्ड) मानिन्छ । यसमा राखिएको पानीको सेवनले पेटमा भएको ब्याक्टेरिया सजिलै नष्ट गर्न सक्छ । यस्तै, पानीजन्य रोग झाडापखला, कमलपित्तजस्ता रोग रोकथाम पनि उपयोगी मानिन्छ ।
३. थाइरेक्सिन नामक हर्मोनको असन्तुलनका कारण थाइराइडको रोग लाग्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले शरीरमा थाइरेक्सिन हर्मोन नियन्त्रित हुन्छ र यो हर्मोन निकाल्ने ग्रन्थीको कार्यप्रणालीलाई पनि नियन्त्रित गर्छ ।
४. तामामा मष्तिष्कलाई उत्तेजित गर्ने गुण हुन्छ । यो गुणको उपस्थितिमा मष्तिष्कले तीब्रता र कुशलतापूर्वक काम गर्न मद्दत गर्छ ।
५. जोर्नी दुख्ने समस्या छ भने तामाको भाँडामा राखिएको पानी नियमित पिउनाले फाइदा हुन्छ । यसमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ ।
६. यदि छाला स्वस्थ र सुन्दर बनाउन चाहनुहुन्छ भने रातभर तामाको भाँडामा राखिएको पानी बिहान पिउने । तामाले शरीरमा नयाँ कोशिकाहरुको उत्पादनमा मद्दत गर्छ । नियमित रुपमा यस्तोपानी पिउनाले छाला स्वस्थ र चम्किलो हुन्छ ।
७. एसिडिटी, कब्जियतजस्ता पेटका समस्या भएका मानिसका लागि तामाको भाँडामा राखिएको पानी अमृतसमान हुन्छ । आयुर्वेदका अनुसार यदि शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्न चाहने हो भने तामाको भाँडामा कम्तीमा ८ घण्टा राखिएको पानी पिउने । यसबाट पेट फुल्ने समस्या र पाचनप्रणालीका समस्या हट्छन् ।
८. तामाको भाँडामा राखिएको पानी पिउनाले चाउरी पर्ने प्रक्रियालाई पनि ढिलो गराइदिन्छ । यसले नयाँ र स्वस्थ छालाको कोशिकाको उत्पादनमा पनि मद्दत गर्छ ।
९. यसले रगतको विकार र कमी हुने समस्या हट्छ । पोषक तत्वलाई शोषेर रक्तवाहिनी नलीहरुमा यसलाई नियन्त्रित गर्छ ।

३.३ काँस
काँस चाँदीभन्दा थोरै सस्तो हुन्छ । अतः यसको प्रयोग मध्यमवर्गीयमा अधिक हुन्छ । काँसको भाँडामा खानेकुरा पकाउँदा केवल ३ प्रतिशत मात्र पोषक तत्व नष्ट हुन्छ । साथै, खाना खानको लागि योभन्दा राम्रो अर्को धातु छैन । यसले तपाईंलाई एक होइन, अनेक फाइदा मिल्छ ।काँसको थालमा खाना खाँदा रगत सफा हुनुका साथै भोक बढाउँछ । यद्यपि काँसको भाडामा अमिलो चिज राख्नु उपयुक्त हुँदैन ।

३.४ माटो
माटोको भाँडा पनि प्रचलनमा छ । माटोको भाँडामा खाना खानु एकदमै राम्रो मानिन्छ । माटोको भाँडामा खानेकुराको पोषक तत्व कति पनि नष्ट हुँदैन । माटोको भाँडामा खाना पकाउँदा पोषक तत्व मिल्छ । दूध वा दूधबाट बनेको उत्पादन राख्न र खानका लागि त माटोको भाँडा सर्वोत्तम नै हो । माटोका भाडामा पकाएको खाना धेरै स्वादिलो पनि हुन्छ । साथै माटोका भाडामा राखेको पानी पनि गर्मीयाममा चिसो रहनुका साथै स्वादिलो हुन्छ । नेपालको तराई भागमा मटोका भाडाहरु निकै लोकप्रिय छन् । माटोको भाडामा पकाएको खटिया(खसीकोमासु) नेपालका विभिन्न शहरमा लोकप्रिय छ ।

३.५ स्टेनलेस स्टिल
स्टेनलेस स्टिल यस्तो धातु हो, जो अत्याधिक प्रयोगमा आउँछ । अधिकांशको भान्सामा हुन्छ । स्टिलको भाँडा राम्रो, सुरक्षित र सस्तो विकल्प हो । यसलाई सफा गर्न पनि निकै सजिलो हुन्छ । यद्यपि यसलाई खरिद गर्दा एउटा कुरा भने ध्यानमा राख्नुपर्छ, यस्तो भाँडा छनौट गरौं जसको मुनि कपरको लेयर लगाइएको छ । स्टिलको भाँडा हानिकारक हुँदैन । किनभने यसले न तापसँग क्रिया गर्छ न चिसोसँग । त्यसैले कुनैपनि अवस्थामा यसले हानि पु¥याउँदैन । तर यो पनि सत्य हो कि स्टिलको भाँडामा खाना पकाउँदा, राख्दा अतिरिक्त फाइदा पनि हुँदैन ।

३.६ ननस्टिक भाँडा
ननस्टिक भाँडाको सबैभन्दा ठूलो विशेषता के भने यसमा तेलको प्रयोग अत्यन्तै कम गरे पुग्छ । यसमा खानेकुरा डढ्ने वा टाँसिने समस्या हुँदैन । त्यसैले अहिले धेरैको घरमा ननस्टिक भाँडा राख्ने गर्छन् । यद्यपि तपाईंलाई थाहा छ यस्तो भाँडावर्तनले स्वास्थ्यमा केही प्रकारका समस्या ल्याउन सक्छ । ननस्टिक भाँडावर्तन धेरै तातो गर्दा यसको सतहमा निस्कने रसायन निकै हानिकारक हुन्छ ।

३.७ एल्मुनियम
एल्मुनियमको भाँडावर्तनको प्रयोग लगभग सबैजसो घरमा हुन्छ । एल्मुनियमको प्रेसर कुकुर सबैको घरमा पाइन्छ । तर, एल्मुनियमको प्रेशर कुकरमा खाना पकाउँदा ८७ प्रतिशत पोषक तत्व नष्ट हुन्छ । एल्मुनियमको भाँडावर्तनमा खाना सेवन गर्नु पनि राम्रो हुँदैन । यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउ“न सक्छ ।

३.८ फलाम
फलामको भाँडा गह्रौं र महँगो हुन्छ। यद्यपि खाना पकाउनका लागि सबैभन्दा राम्रो हुन्छ फलामको भाँडामा । शोधकर्ताका अनुसार फलामको भाँडामा खानेकुरा बनाउँदा उक्त खानेकुरामा फलाम तत्व पनि प्राप्त हुन्छ, जो स्वास्थ्यका लागि आवश्यक हुन्छ । फलामको भाँडामा फोलिक एसिड पाइन्छ, जसले रगतको मात्रा बढाउँछ । यसका साथै फलामले केही प्रकारको रोग पनि निर्मूल गर्छ । यसले शरीर सुन्निने र पहेँलोपन आउन दिँदैन । यद्यपि फलामको भाँडामा खाना पकाउनु मात्र उपयुक्त हुन्छ, खानका लागि भने होइन ।

३.९ प्लास्टिक
प्लास्टिकको भाँडा सहजै पाइन्छ । सस्तो हुन्छ । हेर्दा आकर्षक पनि । तर प्लास्टिकको भाँडामा खानेकुरा खान उपयुक्त हुँदैन । अझ तातो खानेकुरा त राखेर खानु झन हानीकारक मानिन्छ । त्यसैले संभव भएसम्म प्लाष्टिकजन्य भाँडा प्रयोग नगर्नु नै राम्रो हुन्छ ।

४.सारसङ्क्षेप
स्वास्थ्यको लागि खाना पकाउने भाडाको छनौटमा ध्यान पु¥याउन अति आवश्यक देखिन्छ । हामीकहाँ धेरैथरी भाँडा प्रचलनमा छन् । जस्तो तामाको, स्टिलको, प्लास्टिकको, माटोको, कांसको, फलाम आदि । माटोको भाँडामा खाना खानु एकदमै राम्रो मानिन्छ । माटोको भाँडामा खानेकुराको पोषक तत्व कति पनि नष्ट हुँदैन । माटोको भाँडामा खाना पकाउँदा पोषक तत्व मिल्छ । दूध वा दूधबाट बनेको उत्पादन राख्न र खानका लागि त माटोको भाँडा सर्वोत्तम नै हो । त्यसपछि पित्तल, तामा, फलाम, काँसको भाडा राम्रो हुन्छ । हाम्रा पूर्खाहरु पहिले माटो, काँस, फलाम, तामाका भाडाकुडाहरु मात्र प्रयोग गर्दथे । अहिले अध्ययन गर्दा यी भाडाकुडाहरु स्वास्थ्यवर्धक पाइएको छ ।

सन्दर्भ सामग्री
ज्ञानविज्ञान । (२०७८) । आल्मुनियम, स्टिल, माटो कस्तो भाडाँमा खाना पकाउनु स्वास्थ्यका लागि लाभदायक । ज्ञानविज्ञान डट नेट ।https://gyanbigyan.net/archives/36920
ज्ञानविज्ञान । (२०७८) । तामाको भाडामा भुलेर पनि नराख्नुस् यी चिज, विष लागेर मृत्यु पनि हुन सक्छ ! काठमाण्डौं :  ज्ञानविज्ञान डट नेट । https://gyanbigyan.net/archives/1239 accessed on 27 June 2021

वि.सं.२०८१ माघ ३ बिहीवार १२:३८ मा प्रकाशित

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं ।  १३औँ विश्व अटिजम सचेतना दिवस नेपालसहित विश्वभर विभिन्न...

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

स्याङ्जा । गण्डकी प्रदेशको पवित्र पर्यटकीय स्थल सिरुबारीस्थित श्री त्रि–शहीद...

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा...

गम्भीर बिरामी उद्धारमा क्रान्ति: अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ तालिम नेपालमै सम्पन्न

गम्भीर बिरामी उद्धारमा क्रान्ति: अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ तालिम नेपालमै सम्पन्न

ललितपुर । नेपालमै पहिलो पटक आयोजना गरिएको ‘एड्भान्स ट्रेनिङ एण्ड...