back
CTIZAN AD

अपहरण तथा शरीर बन्धकको अभियोगममा चार जना पक्राउ

वि.सं.२०८१ माघ ३ बिहीवार

1.3K 

shares

काठमाडौँ । अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं ठमेल बस्ने भारत महाराष्ट्र प्रदेश सतरा फल्टन थाना घर भएका ३३ वर्षीय आशुतोष दत्तात्रय थोरात, ४० वर्षीय अफसर युनुश शेख, भारत महाराष्ट्र प्रदेश अहमद नगर पाथरडि थाना घर भएका ३० वर्षीय अनमोल खरमाटे र ३२ वर्षीय अमोल भन्ने अंबदास जगन्नाथ सिरसात रहेका छन् ।

काठमाडौं ठमेलस्थित काठमाडौं स्क्वायर होटलबाट चिनियाँ नागरिकलाई योजनावद्ध तवरले ४ जना भारतीय नागरिकहरूले जबरजस्ती एमएच १६ डिजी ४९०४ नम्बरको गाडीमा राखी मंगलबार दिउँसो अपहरण गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरको समन्वयमा मकवानपुर भिमफेदी गाउँपालिका–६ बाट घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

वि.सं.२०८१ माघ ३ बिहीवार १२:०५ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...