back

यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण

वि.सं.२०८१ माघ ६ आइतवार

264 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण गरेका छन् । आगामी फागुन २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने उक्त चलचित्रको प्रचारप्रसारका क्रममा निर्देशक लामाले यौन स्वास्थ्यका विषय चलचित्रमा आउनुपर्ने महसुुस गरेर चलचित्र तयार गरेको जानकारी दिए ।

उनले भने, “मैले आफ्ना चलचित्रमार्फत सामाजिक विषयलाई उठान गरिरहेको हुन्छु । यौन स्वास्थ्यका विषयमा विदेशमा प्रशस्तै चलचित्र बनेका पाइए पनि नेपालमा निर्माण भएका छैनन । त्यसैले यो चलचित्र तयार गरेको हुँ ।”

निर्देशक लामाले विषय केही गम्भीर सुनिए पनि प्रस्तुतीकरण भने मनोरञ्जनात्मक नै रहेको बताए । चलचित्रको सार्वजनिक श्रव्दृश्य (टिजर) र ‘ब्रेकअप कविता’ अहिले चर्चामा छ । अन्य चलचित्रभन्दा यसको प्रचार शैली भिन्न देखिएको छ । चलचित्रको मुख्य पात्र कवि रहेकाले उनको प्रस्तुतिकरणलाई साहित्यका हिसाबले तयार गरिएको निर्देशक लामाले बताए ।

“यो बिहे गर्ने उमेर बितिसकेर पनि अविवाहित रहेका कविको मनोविज्ञानबाट भनिएको कथा हो । समस्यालाई व्यक्त गर्न नसक्दा आइपर्ने जोखिम र सामाजिक भयको मिश्रणले निम्त्याउने घटनाक्रमलाई चलचित्रमा देखाएका छौँ । यो चलचित्रले मनोरञ्जनमै भए पनि केही सिकाउँछ, चलचित्र भवनबाट हेरेर फर्किँदा केही फरकपन पक्कै महसुस गर्नुहुनेछ”, निर्देशक लामाले भने ।

‘एडल्ट ड्रामा’ भनिएको उक्त चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देललगायत कलाकारले अभिनय गरेका छन् छ । हिमाल कडरिया निर्माता रहनुभएको उक्त चलचित्रमा आलोक शुक्लाले छायाङ्कन तथा निमेष श्रेष्ठले सम्पादन गर्नुभएको छ ।

वि.सं.२०८१ माघ ६ आइतवार १०:४५ मा प्रकाशित

खुसी हर्मोन प्रबर्धन गर्न पाँच योगासनहरु

खुसी हर्मोन प्रबर्धन गर्न पाँच योगासनहरु

मानिसहरुको मुड खराब हुने वा रिस उठ्ने र उदासिन हुने...

मानसिक स्वास्थमा भोजनको प्रभाव

मानसिक स्वास्थमा भोजनको प्रभाव

काठमाडौँ । चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु...

प्रधानमन्त्री ओलीसमक्ष स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रस्तुत

प्रधानमन्त्री ओलीसमक्ष स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप...

आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने

आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने

काठमाडौं । निजी मेडिकल कलेजमा स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरूलाई...

नुन र मुटु रोगको सम्बन्ध, बेसी हुँदा यस्तो हानिकारक

नुन र मुटु रोगको सम्बन्ध, बेसी हुँदा यस्तो हानिकारक

काठमाडौँ । नुन हाम्रो भान्छाको एक अपरिहार्य वस्तु हो ।...

चिकित्सा शिक्षाका विद्यार्थीको रोजाइमा जुम्ला

चिकित्सा शिक्षाका विद्यार्थीको रोजाइमा जुम्ला

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन...