back
CTIZAN AD

क्षेत्रीय पर्यटन प्रवद्र्धनबारे नयाँदिल्लीमा छलफल

वि.सं.२०८१ माघ ६ आइतवार

564 

shares

काठमाडौँ । नेपाल–चीन–भारतको त्रिदेशीय पर्यटन प्रवद्र्धनको रणनीति बनाउन भारतको नयाँदिल्लीमा सरोकारवालाबीच छलफल भएको छ । आगामी फागुन १२ देखि १४ सम्म पोखरामा आयोजना हुने ‘नेपाल–इन्डिया–चाइना’ एक्स्पो (नाइस) कार्यक्रमका लागि भारतमा सहकार्य तथा साझेदारीलाई सुदृढ बनाउन भारतका व्यवसायीसँग छलफल गरिएको प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले आज विज्ञप्तिमार्फत जनाएको छ ।

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडाल र भारतका लागि नाइस सद्भावनादूत उपल मजुमदारले यही माघ २ गतेदेखि ४ सम्म नयाँदिल्लीमा भारतका प्रतिष्ठित पर्यटन संस्थाका प्रतिनिधिसँग नाइसलाई प्रभावकारी बनाउनेबारे छलफल गरेका थिए ।

छलफलमा प्रतिष्ठित पर्यटन व्यवसायी ग्रिश बिन्द्रा, ट्राभल एजेन्ट्स एशोसिएसन अफ इन्डिया उत्तरी क्षेत्रका अध्यक्ष नीरज मलहोत्रा, पाटा इन्डियाका कार्यकारी निर्देशक रुनिप साङ्घा र प्रबन्धक पुनम राजपूत, ग्लोबल एशोसिएसन अफ इभेन्ट्स एण्ड हस्पिटालिटी प्रोफेसनल्सका अध्यक्ष राजेश आर्या र महासचिव प्रणव बन्सल, इन्डिया कन्भेन्सन प्रमोशन ब्यूरोका उपाध्यक्ष चन्दर मान्शारामानी र कार्यकारी निर्देशक अनुज वाधवा, आउटबाउन्ड टुर अपरेटरस एशोसिएसन अफ इन्डियाका उपाध्यक्ष शर्वन भल्ला, अगोडाकी वरिष्ठ रणनीतिक प्रबन्धक दिविता यादवलगायत इभेन्ट्स एन्ड इन्टरटेनमेन्ट म्यानेजमेन्ट एशोसिएसनकी कार्यकारी निर्देशक प्रिती खन्नासँग भेटघाट तथा सहकार्यका लागि छलफल गरिएको विज्ञप्तिमा उल्लेख छ ।

गत डिसेम्बरमा चीनको प्रवद्र्धनात्मक भ्रमणपश्चात् भारतमा गरिएको यस सहकार्यले नाइस कार्यक्रममा सहभागी हुने क्रेताहरु र बिक्रेताबीच सम्बन्ध बिस्तार तथा पर्यटन व्यापार आदानप्रदानको खोज, स्थापना र विस्तारका गर्न प्रस्तुत कार्यक्रम एक महत्वपूर्ण मञ्चका रूपमा काम गर्ने अपेक्षा गरिएको प्रमुख कार्यकारी अधिकृत बुडालले बताए । भारतमा अवस्थित सबै सम्मानित व्यक्तित्वहरू एवं सङ्घसंस्थाले क्षेत्रीय पर्यटनको प्रवद्र्धन, वृद्धि र सीमापार सहकार्यलाई बढावा दिने नेपालको पहललाई समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए ।

 

वि.सं.२०८१ माघ ६ आइतवार १७:२३ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...