back
CTIZAN AD

रिडी मेलामा घरेलु सामग्रीहरु किनमेल गर्नेको घुइँचो

वि.सं.२०८१ माघ ६ आइतवार

708 

shares

गुल्मी । छ दिनसम्म सञ्चालन भएको रिडी मेलामा यसपटक घरेलु उत्पादनका सामग्रीहरुको राम्रो व्यापार भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरुक्षेत्रको रिडीमा माघे सङ्क्रान्तिका अवसरमा यहाँ घरेलु उत्पादनका सामग्रीहरु किनमेल गर्न आउनेहरुको घुइँचो लागेको थियो ।

हजारौँ मानिसहरुको उपस्थित रहने यस मेलामा राडीपाखी, डोको, डालो, सुपा, काम्लालगायत वस्तुहरुको राम्रो व्यापार हुने गर्दछ । त्यसका अतिरिक्त काठबाट कँुदेर बनाएका ठेका, आरी, ओखरका घाँजी, गुड र चाकु किन्नेहरुको पनि उत्तिकै भीड लाग्ने गर्दछ । रिडी मेलामा बाग्लुङको ढोरपाटनदेखि रोल्पा, पूर्वी रुकुम र जुम्लादेखि मानिस राडीपाखी, काम्लो ओखरका घाँजी बोकेर व्यापारका लागि बर्सेनि आउने गरेका छन् । यसपटक पनि उनीहरुले यो व्यवसायलाई निरन्तरता दिएको स्थानीय सुन्दर कुसजुले बताए । “उनीहरु मेलामा समूहहरु बनाएर आउने र एक सातासम्म बसेर सामान बिक्री गरी घर फर्कने गर्दछन”, उनले भने ।

वर्ष दिनसम्म आफूले उत्पादन गरेका सामग्रीहरु सङ्कलन गरेर रिडी मेलामा ल्याउने र उक्त सामीग्रहरु बिक्री गरेर घर खर्च चलाउने गरेको पूर्वी रुकुमबाट रिडी आइपुगेका ५५ वर्षीय मानबहादुर विकले बताए । विगतका वर्षमाभन्दा यसपटकको मेलामा राम्रो व्यापार भएको उनले बताए । मेलामा गिठीको काठबाट कुँदेका ठेका, फलामजन्य सामग्री हँसिया, कोदालो, खुकुरी, बञ्चरोलगायत सामग्रीको पनि यसपटक राम्रो व्यापार भएको उनले बताए ।

बाग्लुङको जलजलादेखि ल्याएका निगालो र बाँसबाट बुनेका डोका, नाम्ला, सुपा र डाला किन्नेको पनि उत्तिकै भीड लागेको थियो । ग्रामीण क्षेत्रमा यी वस्तुहरुको उपयोग बढी हुने भएका कारण मानिस यस्ता वस्तु खरिदका लागि रिडी मेलामा आउने गर्दछन् । पछिल्लो समय बजारमा आएका तयारी वस्तुहरुले पुराना हस्तकलाका सामग्रीको बिक्री कम हुँदै जान थालेको व्यापारका लागि रिडी आईपुगेकी रुकुमकी मनकली श्रीपालीले बताईन् । हातबाट बुनेका कम्बल, काम्लो र राडीपाखीहरुको मूल्य केही महँगो भए पनि लामो समयसम्म टिकाउ र न्यानो हुने उनकोे भनाइ छ ।

यस्ता प्रकारका सामग्री खरिद गर्नेमा अधिकांश पाकापुस्ताका मानिस बढी देखिने गरेका छन । घरेलु उत्पादित हस्तकलाका सामग्रीको विशेषता र महत्व बुझेका मानिसले यस्ता वस्तु खोजीखोजी किनेर लैजाने गरेको स्थानीय अशोक श्रेष्ठले बताए । रिडी मेलामा रुरु क्षेत्रको दर्शनसँगै घरेलु सामग्री खरिद गर्नका लागि बुटवल, पोखरा, दाङ, नवलपरासी, चितवन र काठमाडौँदेखि मानिसहरु आउने गर्दछन् ।

उद्योग वाणिज्य सङ्घ रिडी शाखा, रुरु फ्रेन्डस क्लब र फ्रेन्डस् क्लब रिडीको संयुक्त आयोजनामा रुरु क्षेत्रमा माघ १ गतेदेखि छ दिनसम्म धार्मिक एवं सांस्कृतिक कार्यक्रमसहित रिडी मेलाको आयोजना गरिएको थियो ।

 

वि.सं.२०८१ माघ ६ आइतवार १७:४० मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...