back
CTIZAN AD

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

वि.सं.२०८१ माघ ७ सोमवार

909 

shares

फाप्ला (कैलाली) । कोशी प्रदेश यहाँ जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार आफ्नो दोस्रो खेलमा विजयी भएको छ । आज भएको खेलमा कोशीले मधेस प्रदेशलाई ४७ रनले पराजित गरेको हो । कोशीले यसअघि पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो । जितसँगै समूह ‘बी’ मा रहेको कोशी ४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

धनगढीस्थित फाप्ला मैदानमा आज भएको दोस्रो खेलमा कोशीले दिएको एक सय ७ रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ५९ रन मात्रै बनाउन सक्यो । मधेसका लागि प्रतिमा शाहले सर्वाधिक १७ रन जोडिन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ कोशीका लागि कप्तान रूविना क्षेत्रीले ३ तथा अलिशा खडिया र ज्योती दनुवारले दुई दुई विकेट लिइन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोशीले २० ओभरमा ५ विकेटको क्षतिमा एक सय ६ रन बनायो । उसका लागि कप्तान रूविना क्षेत्रीले अर्धशतकीय पारी खेल्दै ५७ रन बनाइन् । यस्त टिका शाहले २१ रन बनाइन् ।

बलिङतर्फ मधेसका लागि प्रतिमा साहले दुई विकेट हात पारिन् । कोशीकी कप्तान रूविना प्लेयर अफ दी म्याच भइन् । आजै भएको अर्काे खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १४ रनले हराएको थियो ।

 

वि.सं.२०८१ माघ ७ सोमवार १९:१९ मा प्रकाशित

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

सुदूरपश्चिम । बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी...