back
CTIZAN AD

प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता

वि.सं.२०८१ माघ ८ मंगलवार

606 

shares

मकवानपुर । बागमती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारको तर्फबाट ल्याइएको तीन वटा विधेयक आज दर्ता गरिएको सो सचिवालयले जनाएको छ ।

दर्ता गरिएको ती संशोधन गर्नुपर्ने विधेयकहरु क्रमशः प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक रहेको प्रदेशसभा सचिवलायका प्रवक्ता मनोजकुमार गुप्ताले राससलाई जानकारी दिए ।

यसैगरी, उनले मदनभण्डारी स्वास्थ्य, विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई पनि दर्ता गरिएको बताए ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले रासससँग आज संक्षिप्त कुराकानी गर्नुहुँदै यही माघको तेस्रो हप्ताबाट प्रदेशसभाको बैठक बस्ने र सोही बैठकले ती तीन वटा संशोधन गर्नुपर्ने विधेयकलाई पूर्ण बैठकमा छलफल गराइ पारित गर्ने लक्ष्य रहेको बताए ।

उनले वर्षे अधिवेशनबाट विभिन्न समितिमा छलफलका लागि पठाएका केही विधेयकको प्रतिवेदनसहित आउने विधेयकलाई पनि सोही बैठकमा प्रस्तुत गरी छलफल गराउने कार्यसूची राखिएको पनि जानकारी दिए ।

वि.सं.२०८१ माघ ८ मंगलवार १९:३६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...