back
CTIZAN AD

अखिल (क्रान्तिकारी)को अध्यक्षका लागि ६ जनाको उम्मेदवारी

वि.सं.२०८१ माघ ९ बुधवार

1.9K 

shares

काठमाडौँ । नेकपा माओवादी केन्द्र निटक विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । माघ १२ गते हुने निर्वाचनका लागि अध्यक्षमा ६ जनाको नाम मनोनयन भएको हो ।

६ जनामध्ये ४ जनाले प्यानलै बनाएका छन् भने दुई जनाले स्वतन्त्र उम्मेदारी दिएका छन् । उपदेश यादव, विजयप्रकाश सापकोटा, सुदिन पौडेल र हेमन्त राईले प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।

उम्मेदवारहरूलाई पार्टीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र तीनजना उपमहासचिवहरूको छुट्टाछुट्टै साथ छ । यादव नारायणकाजी श्रेष्ठनिकट हुन् भने विजय सापकोटा उपमहासचिव शक्ति बस्नेत, सुदिन पौडेल वर्षमान पुन र हेमन्त राई जनार्दन शर्मा निकट मानिन्छन् ।

यस्तै, योगेन्द्र बुढा र विश्वमणि थापाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उपदेश यादव प्यानलबाट महासचिवमा सञ्जिव फुँयालले उम्मेदवारी दिएका छन् । यस्तै, सुदिन पौडेल प्यानलबाट श्याम रोका र हेमन्त राई प्यानलबाट रोशन थापामगर महाचिवका उम्मेदवार छन् । विजय सापकोटा प्यानलबाट महासचिवको उम्मेदवार आज टुंग्याउने बताइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्नका लागि मंगलबार आकांक्षीहरूलाई खुमलटार बोलाएर छलफल गरेका थिए । तर, सर्वसम्मत हुने अवस्था नदेखिएपछि उनले चुनावबाटै नेतृत्व चयन गर्न गर्न र हेडक्वार्टरबाट कसैको पक्षधरता नलिने बताएका थिए ।

अखिल क्रान्तिकारीको ३३ पदाधिकारीसहित २४३ सदस्यीय कमिटीका लागि चुनाव हुँदैछ । पदाधिकारीमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ जना सचिव र एकजना कोषाध्यक्ष रहनेछन् ।

 

वि.सं.२०८१ माघ ९ बुधवार १४:३१ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...