back

मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम

वि.सं.२०८१ माघ ९ बुधवार

183 

shares
GLOBAL IME AD
NTC AD

तेह्रथुम । कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुमलाई मध्यपहाडी (पुष्पलाल) लोकमार्गले सुगम बनाउन थालेको छ ।

लोकमार्गको कूल लम्बाई एक हजार आठ सय ७९ किलोमिटरमध्ये एक सय १७ किमी तेह्रथुममा पर्दछ । जिल्लाको आठराई गाउँपालिका–६ स्थित तमोर नदीको माझिटारबाट तेह्रथुम प्रवेश गर्ने लोकमार्ग जिल्लाकै पुरानो शैक्षिक केन्द्र चुहानडाँडा, आठराई क्षेत्रको पुरानो व्यापारिक केन्द्र सङ्क्रान्ति, फेदाप, सदरमुकाम म्याङलुङ हुँदै पर्यटकीय बजार वसन्तपुर भएर अघि बढेको हो ।

आर्थिक वर्ष २०६४/६५ देखि निर्माण सुरु भएको मध्यपहाडी लोकमार्गले जिल्लाबासीलाई यातायात सेवाको सहज पहुँचमा जोडेको हो । लोकमार्ग बन्नुअघि आठराई क्षेत्रका स्थानीयले छिमेकी जिल्ला पाँचथरको फिदिमबाट खाद्यान्नसहित दैनिक उपभोग्य वस्तु ढाकरमा बोकेर ल्याउनुपर्र्नेे बाध्यता थियो । त्यतिबेलाको एक दिनको बाटो लोकमार्ग बनेपछि एक घण्टामा छोटिएको आठराईका नरेन्द्र इङनामले बताए ।

लोकमार्ग नहुँदा प्रशासनिकसहित अन्य कामका लागि सदरमुकाम म्याङलुङ एक दिन पैदल हिँडेर आउनुपथ्र्यो । अहिले लोकमार्गको बाटो भएर सवारीसाधनमार्फत् तीन घण्टामा पुगिने आठराई–१ का वडाध्यक्ष रोहित कन्दङवाले जानकारी दिए ।

लोकमार्गले जिल्लाको आठराई, फेदाप, लालिगुराँसलगायत पालिकालाई सदरमुकाम म्याङलुङसँग प्रत्यक्ष जोडेको छ भने अन्य पालिकाबासीलाई पनि सदरमुकाम पुग्न सहज भएको छ । जिल्लाका उत्पादनलाई बाहिर जिल्ला पठाउन र जिल्लाका बजारसम्म पु¥याउन सुविधा भएको तेह्रथुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजिव ढुङ्गानाले बताए ।

पाँचथरको चिवाभञ्ज्याङबाट मध्यपहाडैपहाड बैतडीको झुलाघाट जोड्ने लोकमार्गअन्तर्गत तेह्रथुममा २४ दशमलव चार किमी बाहेक सबै सडक कालोपत्र भइसकेको छ ।

फेदाप गाउँपालिकास्थित यावरा–पञ्चमी हुँदै खोरङवा खोलासम्मको खण्ड कालोपत्र हुन बाँकी रहेको मध्यपहाडी लोकमार्ग फिदिम पाँचथर कार्यालयका इन्जिनियर राजनारायण सरदारले जानकारी दिए । सोमध्ये १० किमी कालोपत्रको काम भइरहेको उनले बताए । बाँकी खण्डको कालोपत्रका लागि भने बजेट सुनिश्चितता भइनसकेकाले अन्योलता आएको उनको भनाइ छ ।रासस

 

वि.सं.२०८१ माघ ९ बुधवार १४:४५ मा प्रकाशित

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

काठमाडौं । युक्रेनी सेनाको कब्जामा परेका दुई नेपालीको सकुशल उद्धार...

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

काठमाडौँ । माननीय कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको प्रथम राष्ट्रिय...

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

काठमाडौँ । महिला टी-ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । अन्तिम...

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश...

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा...