back
CTIZAN AD

पुतलीबजारमा शंकास्पद वस्तु फेला

वि.सं.२०८१ माघ ९ बुधवार

768 

shares

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकामा शंकास्पद वस्तु फेला परेको छ । जिल्लाा प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपलिका १४ लामागे स्थित ७१ बर्षिया बिष्णु प्रसाद पौडेलको खेतमा शंकास्पद बस्तु फेला परेको हो ।

जे.सि.विले खेत सम्याउने क्रममा खेतको सतहबाट अन्दाजी १ हात तल तार जडित फलामको बोत्तल जस्तो देखिने बस्तु फेला परेको प्रहरीले जनाएको छ ।

शंकास्पद वस्तु फेला परेको सूचना प्राप्त हुने वित्तिकै जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी अधिकृत सहितको टोली र श्री सिंह सारदुल गुल्म आँधिखोला ब्यारेक स्याङ्जाबाट नेपाली सेनाको टोली खटिई गएको थियो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरी प्रसाद पौडेलका अनुसार उक्त वस्तु टुईचमोटरको गोली जस्तो देखिन्छ । शंकास्पद वस्तु बारे थप अनुसन्धान गर्न पोखरा पृतनाबाट बम डिस्पोज टोली (नेपाली सेना) स्याङ्जा आउँदै गरेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८१ माघ ९ बुधवार १६:२४ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...