back
CTIZAN AD

असोजका बाढीपीडितले अहिले पाए राहत सामग्री

वि.सं.२०८१ माघ ९ बुधवार

621 

shares

सिरहा । गत असोज १० देखि १३ गतेसम्मको अविरल वर्षाले क्षति पु¥याएका लहान नगरपालिका–४ इस्लामपुर र सुन्दपुरका ६० घरपरिवारले राहत सामग्री पाएका छन् ।

मङ्गलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त राहत सामग्री लहान नगरपालिकाले वितरण गरेको हो । अविरल वर्षाका कारण बलान नदीे किनारामा रहेका उक्त बस्तीमा बाढी पसेर स्थानीयको बिचल्ली भएको थियो । तत्कालीन समयमा नगरले बाढीपीडितलाई अस्थायी रूपमा खान र बस्नको व्यवस्था गरेको थियो ।

यसअघि पीडितहरूको समस्या बुझ्न मधेस प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलगायत सरकारी निकाय र मानव अधिकारवादी सङ्घसंस्थाले बाढीग्रस्त क्षेत्रमा अवलोकनसमेत गरेका थिए । पीडित परिवारलाई लहान नगरपालिका–४ का वडाध्यक्ष रामनाथ पण्डित, मानव अधिकारकर्मी राजकुमार राउत, सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, जिल्ला प्रहरी प्रमुख रमेश पण्डित र नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका अध्यक्ष मनोजकुमार बनैताको उपस्थितिमा लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले राहत वितरण गरे ।

सो अवसरमा लहान नगरप्रमुख चौधरीले भने, “तत्कालीन समयमा नगरले सकेको राहत सामग्री वितरण गरेको थियौँ । अहिले सङ्घीय सरकारबाट राहत आएलगत्तै वितरण गरेका छौँ । बाढीको समयमा पाएको पीडा शीतलहरमा पीडितलाई राहत मिलेको छ ।”

राहत सामाग्रीम खाना पकाउने ग्याससहित सिलिण्डर, चुलो, भाँडाकुँडा, सिरक डस्ना, तकियालगायत रहेको छ । राहत पाएका इस्लामपुर र सुन्दरपुरका स्थानीय खुसी हुँदै बलान नदी कटानबाट बस्ती जोगाइ दिनका लागि ठोस पहल गरिदिन ध्यान आकर्षण गराएका छन् ।

बलान नदीले लहान नगरपालिकाभित्रका वडाहरू ३, ४, ५, ९, १०, १७, १८, १९ र २३ तथा सखुवानानकट्टी र भगवानपुर गाउँपालिकाका विभिन्न बस्तीमा बर्सेनि क्षति पु¥याउने गरेको छ । यसको ठोस समाधानका लागि तीनै तहका सरकारले सहयोग गर्नुपर्ने मानवअधिकारकर्मी राजकुमार राउतको भनाइ छ ।

यता मधेस प्रदेश सरकारलाई बलान नदी कटान क्षेत्रको समस्या समाधान गर्नका लागि मधेस प्रदेशसभामा आवाज उठाएपछि लहान–२३ मा गत वर्ष एक करोड ४० लाखको तटबन्ध निर्माण कार्य भएको प्रदेशसभा सदस्य राजकुमार गुप्ताले बताए । सिरहा–१ का सङ्घीय सांसद रामशङ्कर यादवका अनुसार बलान नदी कटान नियणत्रणका लागि यस वर्ष सङ्घीय सरकारबाट रु तीन करोड बजेट निकासा भएको जानकारी दिए ।

 

वि.सं.२०८१ माघ ९ बुधवार १९:५१ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...