back
CTIZAN AD

छ महिनामा कति उठ्यो जीवनबीमा कम्पनीको प्रिमियम ?

वि.सं.२०८१ माघ १० बिहीवार

738 

shares

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बीमा प्रिमियम ८ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार पुससम्म जीवन बीमा कारोबार गर्ने कम्पनीहरूले ८० अर्ब ६६ करोड बराबरको बीमाशुल्क सङ्कलन गरेका हुन् ।

अघिल्लो वर्ष ७४ अर्ब २४ करोड रुपैयाँ बराबरको बीमाशुल्क सङ्कलन भएको थियो । यो वर्ष भएको बीमा प्रिमियम अघिल्लो वर्षभन्दा ८.६४ प्रतिशत बढी हो । गत वर्ष यस्तो वृद्धिदर जम्मा ३.६४ प्रतिशत मात्रै थियो ।

यो वर्ष सङ्कलित रकममध्ये प्रथम बीमा शुल्कबापत १५ अर्ब ८४ करोड, वैदेशिक रोजगारी बीमा अन्तर्गत १ अर्ब ४३ करोड र नवीकरण बीमाशुल्क अन्तर्गत ६३ अर्ब ३८ करोड रुपैयाँ सङ्कलन भएको छ ।

अघिल्लो आर्थिक वर्षमा बीमा कम्पनीहरूले ७४ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमाशुल्क सङ्कलन गरेका थिए । यसमध्ये प्रथम बीमा शुल्कबापत १३ अर्ब ८१ करोड र नवीकरणीय बीमा अन्तर्गत ६० अर्ब ४० करोड रुपैयाँ सङ्कलन भएको थियो । अघिल्लो वर्ष वैदेशिक रोजगार बीमालाई प्रथम बीमाशुल्क अन्तर्गत नै समावेश गर्ने व्यवस्था गरिएको थियो ।

त्यस्तै, तीवनटा माइक्रो लाइफ इन्स्योरेन्सले ५१ करोड २९ लाख रुपैयाँ बराबरको बीमाशुल्क सङ्कलन गरेका छन् । अघिल्लो वर्ष जम्मा २ करोड २१ लाख रुपैयाँ सङ्कलन भएको थियो । जीवन र लघु जीवन बीमा समेत गरी यो वर्षको कुल बीमा प्रिमियम सङ्कलन वृद्धिदर ९.३४ प्रतिशत रहेको प्राधिकरणको तथ्याङ्क छ ।

यस्तो छ बीमा कम्पनीहरूको बीमाशुल्क सङ्कलन

यो अवधिमा सङ्कलित कुल बीमा प्रिमियममध्ये नेपाल लाइफले सबैभन्दा धेरै २२ अर्ब ४५ करोड सङ्कलन गरेको छ । त्यस्तै, नेशनल लाइफले ९ अर्ब ६० करोड, एलआईसी नेपालले ९ अर्ब ४६ करोड, हिमालयन लाइफले ८ अर्ब ३३ करोड, सूर्यज्योति लाइफ ५ अर्ब ६ करोड तथा एशियन लाइफले ४ अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क उठाएका छन् ।

त्यस्तै, सिटिजन लाइफले ३ अर्ब ३८ करोड, सानिमा रिलायन्स लाइफले ३ अर्ब २४ करोड, मेट लाइफ २ अर्ब ८६ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब ७७ करोड, आईएमई लाइफले २ अर्ब ४४ करोड, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ४२ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ३८ करोड र सन नेपाल लाइफले २ अर्ब रुपैयाँ प्रिमियम शुल्क सङ्कलन गरेका छन् ।

यीबाहेक गार्डियन माइक्रो लाइफले २० करोड २० लाख, क्रेट लाइफले १८ करोड ६४ लाख र लिबर्टी माइक्रो लाइफले १२ करोड ४४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

 

वि.सं.२०८१ माघ १० बिहीवार १३:३७ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...