back
CTIZAN AD

स्याङ्जामा १४ वटा शीतभण्डार निर्माण

वि.सं.२०८१ माघ १० बिहीवार

705 

shares

स्याङ्जा । स्याङ्जामा शीतभण्डार स्थापनासँगै यहाँ उत्पादित कृषिजन्य वस्तुको भण्डारणमा सहज भएको छ । कृषिजन्य वस्तु उत्पादन भएकै समयमा भन्दा केही समय भण्डारण गरेर बिक्री गर्दा राम्रो बजार मूल्य पाउने भएकाले जिल्लाका विभिन्न पालिकामा शीतभण्डार स्थापना गरिएको हो ।

विशेषगरी जिल्लामा धेरै मात्रामा उत्पादन हुने सुन्तला, आलुलगायतका कृषिजन्य उत्पादनको भण्डारणका लागि शीतभण्डारले सहज भएको हो ।

स्याङ्जाका ११ स्थानीय तहमध्ये हाल आठ स्थानीय तहमा १४ शीतभण्डार निर्माण भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताए । उनका अनुसार विभिन्न क्षमतामा १४ वटा शीतभण्डार निर्माण भए पनि हाल १० वटा सञ्चालनमा रहेका छन् ।

‘केन्द्र, प्रदेश र स्थानीय सरकारको लागत साझेदारीमा स्याङ्जाका विभिन्न स्थानीय तहमा शीतभण्डार निर्माण भएका छन्,’ उनले भने, ‘यहाँ सञ्चालनमा रहेका शीतभण्डारमा कृषिजन्य उत्पादनको भण्डारणमा सहज भएको छ ।’

जिल्लामा शीतभण्डार नहुँदाको समयमा यसअघि भैरहवा, पोखरालगायतका ठाउँमा रहेका शीतभण्डारमा विशेषगरी सुन्तला, आलुलगायतका कृषिजन्य उत्पादनको भण्डारण गर्नुपर्ने बाध्यता रहेको थियो ।

स्याङ्जाको वालिङ नगरपालिकामा तीन, गल्याङ नगरपालिका, पुतलीबजार नगरपालिका, फेदीखोला गाउँपालिका, बिरुवा गाउँपालिकामा दुई–दुईवटा, आँधीखोला गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका र चापाकोट नगरपालिकामा एक–एकवटा शीतभण्डार रहेका छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिका– ११ जैसीडाँडामा जिल्लामै सबैभन्दा ठुलो क्षमताको स्याङ्जा शीतभण्डार स्थापना भई सञ्चालनमा आएको छ । उक्त शीतभण्डारको क्षमता एक हजार दुई सय मेट्रिकटन रहेको छ ।

जिल्लामा हाल सञ्चालनमा रहेका १० वटा शीतभण्डारमा कुल दुई हजार एक सय मेट्रिकटन कृषिजन्य उत्पादन भण्डारण गर्न सकिने उनले बताए । ‘अहिलेको समय जिल्लामा अधिक मात्रामा उत्पादन हुने सुन्तला तथा केही मात्रामा आलु भण्डारण गरिएको छ,’ उनले भने, ‘सुन्तला शीतभण्डारबाट निकालेपछि प्रायः सबैजसोमा आलु भण्डारण हुन्छ ।’

यहाँ उत्पादन भएको बिउ आलु भण्डारण गर्न भैरहवालगायतका ठाउँमा लैजाँदै आएकोमा गाउँमै शीतभण्डार स्थापना भएसँगै सहज भएको गल्याङ– ११ जिमुहाँका अगुवा कृषक रुमलाल कँडेलले बताए । टाढा लैजानुपर्दा ढुवानी धेरै लाग्ने र समय पनि उत्तिकै धेरै लाग्ने गरेकोमा गाउँमै शीतभण्डार सञ्चालनमा आएपछि लागत कम लाग्ने गरेको उनले बताए ।

वि.सं.२०८१ माघ १० बिहीवार १५:२४ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...