back

असनमा आगलागीबाट रु ३५ लाखको क्षति

वि.सं.२०८१ माघ १० बिहीवार

267 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं २७ असनको अन्नपूर्ण मन्दिर नजिकैको एक घरमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

आज दिउँसो असनस्थित सुनील तुलाधरको पाँचतले पक्की घरको भुइँ तलामा रहेको विद्युतीय सामान तथा भाँडाको गोदाममा सटर वेल्डिङका क्रममा विद्युत्को तार सर्ट भई आगलागी भएको परिसरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पूर्णिमाकुमारी चन्दले जानकारी दिए ।

घटनास्थलमा परिसरबाट प्रहरी नायब उपरीक्षक रुकेश तन्डुकारको कमाण्डमा गएको १५ जनाको टोली र जुद्ध बारुण न्युरोडको दुई वटा बारुणयण्त्र र ललितपुरको एक गरी तीन वटा दमकलको सहयोगमा आगो निभाइएको उनले बताए । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको परिसरले जनाएको छ ।

वि.सं.२०८१ माघ १० बिहीवार १९:३२ मा प्रकाशित

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

काठमाडौं । युक्रेनी सेनाको कब्जामा परेका दुई नेपालीको सकुशल उद्धार...

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

काठमाडौँ । माननीय कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको प्रथम राष्ट्रिय...

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

काठमाडौँ । महिला टी-ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । अन्तिम...

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश...

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा...