back
CTIZAN AD

अन्तर्राष्ट्रिय मेलामा नेपालको पर्यटन प्रवद्र्धन गरिँदै

वि.सं.२०८१ माघ ११ शुक्रवार

474 

shares

काठमाडौँ । नेपालको पर्यटनलाई विश्वबजारमा प्रचारप्रसार र प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्डले सक्रियता देखाएको छ । बोर्डले नेपाललाई विश्वभर एक प्रमुख गन्तव्यका रूपमा प्रस्तुत गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मेलामा सक्रिय सहभागिता जनाउँदै आएको हो ।

नेपालको पर्यटन प्रवद्र्धन गर्ने आफ्नो दृढ प्रतिबद्धतामा रहेर बोर्डले लण्डनमा आयोजित एड्भेन्चर ट्राभल शो, नेदरल्याण्ड्सको भ्याकेन्टिबिउर्स, जर्मनीको सिएमटी, स्पेनको फिटुर, भारतको ओटिएम र फिनल्याण्डको माट्कालगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय पर्यटन मेलाहरूमा सक्रिय सहभागिता जनाएको बोर्डद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

यी कार्यक्रमहरूले साहसिक यात्रा, सांस्कृतिक सम्पदा, दिगो पर्यटन प्रवद्र्धनलगायत मुलुकको विविध सम्पदाहरूलाई उजागर गर्न महत्वपूर्ण थलोका रूपमा काम गरिरहेको बोर्डले जनाएको छ । प्रत्येक मेलामा नेपालका पर्यटन व्यवसायी कम्पनीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

सहभागी कम्पनीहरूले अन्तर्राष्ट्रिय सरोकार भएका निकायलाई आफ्ना सेवा प्रस्तुत गर्नुका साथै बोर्ड र निजी क्षेत्रबीचको सहकार्यले विश्वव्यापी पर्यटक प्रवद्र्धन गर्न, ट्राभल कम्पनीसँग सम्बन्धहरू सुदृढ गर्न र पारस्परिक विकासका लागि मार्ग प्रशस्त गर्न महत्वपूर्ण भूमिका खेलेको बोर्डले जनाएको छ ।

यी मेलामा नेपालका तर्फबाट राखिएका स्टलमा आगन्तुकहरूले निकै चासो देखाउँदै, यात्रा व्यवसायका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरी नेपालका धार्मिक, प्राकृतिक सम्पदाहरूको बारेमा जानकारी लिएका बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले जानकारी दिए । जनवरी महिनामा आयोजित यी मेलाहरूमा नेपालबाट उल्लेखनीय रूपमा कम्पनीहरू सहभागी उनले बताए ।

कार्यकारी प्रमुख जोशीका अनुसार लण्डनमा आयोजित एड्भेन्चर ट्राभल शोमा नेपालको यात्रा व्यवसाय क्षेत्रका सात कम्पनीहरूले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपाललाई साहसिक र सांस्कृतिक पर्यटनको अग्रणी गन्तव्यका रूपमा प्रस्तुत गरेका थिए । फिनल्याण्डको माट्कामा आठ कम्पनी सहभागी भए भने जर्मनीको सिएमटीमा सात कम्पनीले नेपालको प्रस्तावित सेवाहरूलाई प्रस्तुत गरेका छन् ।

स्पेनको फिटुरमा २७ कम्पनीहरू भाग लिइरहेका छन् भने भारतको ओटिएममा २८ कम्पनी सहभागी हुने जनाइएको छ । मुम्बइमा यही जनवरी ३० र ३१ गते ओटिएम आयोजना हुँदैछ । बोर्डले यी मेलाहरूमा उपस्थिति जनाएर विश्वव्यापी पर्यटन बजारमा नेपालको उपस्थिति थप सुदृढ बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाली प्रतिनिधिमण्डलले देशका धार्मिक, प्राकृतिकलगायत सम्पदाहरू, हिमालयन पदयात्रा, आध्यात्मिक अनुभव, जीवन्त चाडपर्व र समृद्ध जैविक विविधतालाई केन्द्रमा राखी विविध वर्गलाई आकर्षित गरेको थियो ।

बोर्डका कार्यकारी प्रमुख जोशीले प्रमुख अन्तर्राष्ट्रिय पर्यटन मेलाहरूले नेपाललाई अनुपम गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । “नेपाल एउटा गन्तव्य मात्र होइन; यो आत्मालाई छुने अनुभव पनि हो”, उनले भने, “यी प्रमुख अन्तर्राष्ट्रिय यात्रा मेलाहरूमा हाम्रो सहभागितामार्फत, हामी नेपाललाई भ्रमण गर्नुपर्ने गन्तव्यका रूपमा स्थापित गर्दैछौँ । पर्यटक सेवा प्रदायक कम्पनीहरूसँगको सहकार्यले यहाँको पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुनुका साथै पर्यटन प्रवद्र्धन भई आर्थिक अवस्था सुधार हुँदै जाने विश्वास लिएका छौँ ।”

बोर्डले नेपालको अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनको नेतृत्व गर्दै, पर्यटन क्षेत्रमा दिगो र समावेशी वृद्धिका लागि निरन्तर सहकार्य र साझेदारीलाई स्वागत गरेको उनले उल्लेख गरे ।

वि.सं.२०८१ माघ ११ शुक्रवार १८:४१ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...