back
CTIZAN AD

गजल

वि.सं.२०८१ माघ १२ शनिवार

2.7K 

shares

सुशील रिजाल, किर्तिपुर, काठमाडौं

भुलेँ प्यास सारा नसाको रहरमा
छु रम्दै म आफैँ विघाती जहरमा

निराशा उछाल्दै डुबेको छु एक्लै
दबेको छु आधा म प्यासी बगरमा

दबाएर आशा बनेको छु घाती
उचाल्ने पछार्ने यतै छन् सहरमा

भुलायो कसैले खुसी मिल्छ भन्दै
म तड्पिन्छु हरपल अनौठो कहरमा

कुनै मार्ग देऊ विधाता तिमीले
बनेको छु दोषी सबैको नजरमा ।

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन : १२२ – १२२ – १२२ – १२२

 

वि.सं.२०८१ माघ १२ शनिवार ०५:३१ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...