back
CTIZAN AD

कविता : कविताको मृत्यु

वि.सं.२०८१ माघ १२ शनिवार

1.3K 

shares

बाबुराम न्यौपाने ‘उत्स’, दमक, झापा

संसारभरि कसैले हल्ला फैलायो
ए ! मान्छे हो !
‘कविताको मृत्यु भईसक्यो’
कविताको मृत्युुमा शोक मनाउ ।

संवेदनशील सारा संसार
स्तब्ध र मौन भयो
हृदयको बस्तीमा उदास सन्नाटा छायो
कोमल मनबाट
वेदना र वियोगका आँसुहरू बग्नथाले ।

फूलमा मगमगाउने सुगन्ध हराए
जलतरङ्गबाट उराठिलो स्वर निस्कन थाल्यो
हावाको सुसाइमा बहने
मधुर संगीत – गुञ्जन छोडे
करुणा र स्नेह
गुहार माग्नथाले – अस्तित्वका लागि ।

हाहाकार र चित्कार सुन्न नसकेर
मौन तपस्या तोड्दै
युगको लहरमा हेलिंदै
म फेरि कुर्लिएँ
‘कविता मरेको छैन’
मान्छेको क्षणभङ्गुर जीवन भन्दा
कविताको आयु लामो छ
कविता अजर र अमर छ।

मैलें सोचेँ !
कसरी मर्छ हँ कविता !
कविता त
मानव संवेदनशीलताको स्पन्दन हो;
झरनाको मधुर गीत र
नदीको संगीतमय निर्मल प्रवाह
हृदयको स्पन्दनबाट प्रस्फुटीत
युगको सुसेली हो
समयको लयबद्ध मृदुल भाका ।

मेैलें कविताको
कुनै युगमा मृत्यु हुन नसक्ने
ठोकुवा गरें
हल्लावाल गम्भीर भयो ।

जूनको शीतलता र सूर्यको उष्णता समेटेर
जीवनको प्रारम्भ र अन्त्यको
ढुकढुकी छाम्नसक्ने कविता
कसरी मर्नसक्छ हँ ?
ब्रमाण्डको फेरो सप्को मारेर
सागरको गहिराइमा गोता लगाउँने
कविका कविता मर्नुभनेको
मानव संवेदनशीलताको
मृत्यु हुनु हो
समूल मानव सभ्यताको अन्त्य
यति सजिलै कसरी हुन्छ ।

नेपथ्यबाट फेरि कसैले चिच्यायो
कविताको मृत्युु भइसकेको छ
‘शोकधुन बजाउ’
फेरि संसार शोकमग्न भयो
चिहानबाट उठेर मुर्दाहरू
खित्का छोडेर हाँस्न थाले
मानवता मूर्छा परेर कहालियो ।

हाहाकार र चित्कार सुन्न नसकेर
मौन तपस्या तोड्दै
युगको लहरमा हेलिंदै
म फेरि कुर्लिएँ
‘कविता मरेको छैन’
मान्छेको क्षणभङ्गुर जीवन भन्दा
कविताको आयु लामो छ
कविता अजर र अमर छ।

नदीहरू आफ्नै लयमा बग्नथाले
फूलहरुको सुगन्ध छरेर
हावा आफ्नै गतिमा बहन थाल्यो
समयको अथाह अनन्ततिर
अघि बढ्दै गर्दा
पङ्क्तिबद्ध मान्छेहरू पालैपालो
युगका चौतारीमा जम्मा भएर
मधुर भाका हाल्दै
कालजयी कविता सुनाउँन थाले ।

वि.सं.२०८१ माघ १२ शनिवार ०५:३३ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...