back
CTIZAN AD

सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै

वि.सं.२०८१ माघ १३ आइतवार

576 

shares

जलेश्वर (महोत्तरी) । सरस्वती पूजा नजिकिँदै जाँँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरू धमाधम मूर्ति बनाउन थालेका छन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा अवस्थित सबै सामुदायिक तथा निजी विद्यालय, कोचिङ सेन्टर, ट्युशन सेन्टर, क्लब, पुस्तकालयसहित गाउँ तथा नगरका विभिन्न चोकचोकमा सरस्वती पूजाका लागि मूर्तिकारलाई मूर्ति बनाउन भ्याइनभ्याई छ ।

आफ्नो चार पुस्तादेखि मूर्ति बनाउने पेसा चल्दै आएको एकडारा गाउँपालिका–५ का मूर्तिकार सुभाष पण्डितले सरस्वती पूजाका बेला अत्यधिक मूर्तिको माग हुने गरेको कारण अहिले सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याई भएको छ । त्यस्तै पूजाको अब १० दिन मात्र बाँकी हुँदा औरही नगरपालिका–२ का कैलाश रामलाई पनि मूर्ति बनाउन भ्याइनभ्याई भएको बताउँछन् ।

सरस्वतीको मूर्ति बनाउनमै व्यस्त जलेश्वर नगरपालिका–२ का विकाऊ पासवान पनि अहिले मूर्ति बनाउन भ्याइनभ्याइ भएको बताउँछन् । मूर्ति बनाउन चाहिने माटो, खर (पराल, भुस) र¬ङ, जुटलगायत वस्तुको जोहो गर्नु, घामपानी र वातावरणअनुसार मूर्ति बनाउनु जस्ता क्रियाकलाप गर्नुपर्ने भएकाले मूर्तिकारलाई अहिले भ्याइनभ्याई भएको उनीहरू बताउँछन् ।

“घाम उदाएपछि मात्रै मूर्ति सुक्ने र मूर्ति सुकेपछि मात्रै राम्ररी रङ्ग रोगन गर्न मिल्ने भएकाले जति बढी घाम उदाउँछ, त्यति नै बढी मूर्ति तयार गर्नु पर्छ”, मूर्तिकार पण्डितले बताए । उनले आफू र आफ्ना बुवा शम्भु पण्डित मिलेर प्रत्येक वर्ष रु ५० हजारभन्दा बढीका सरस्वती मूर्ति बनाउने गरेको बताए । साथै मौसमले साथ दिएमा ७०÷७५ सम्म पनि मूर्ति बनाएर बेच्ने गरेको उनकोे भनाइ छ ।

त्यसैगरी मूर्तिकार कैलाश पनि आफू तथा आफ्ना परिवारका सदस्य मिलेर वर्षेनी ६०÷७० वटा मूर्ति बनाउने गरेको बताउँछन् । उनले वर्षेनी २५ भन्दा बढी मूर्ति बनाउने गरेको बताए । आफ्नो क्षमता र साधन श्रोतले तयार गर्ने संख्याका अनुसार उनीहरुको आम्दानी पनि फरक फरक हुने गरेको छ । यसरी तयार गरेका मूर्तिहरु रु दुई हजारदेखि रु ७ हजारसम्ममा बेचेर वार्षिक रु दुई लाख जति आम्दानी गर्ने गरेको पण्डितले बताए ।

मूर्तिकार कैलाशले आफूले प्रतिगोटा रु तीन हजारदेखि रु १० हजारसम्ममा मूर्ति बेचेरै वार्षिक रु तीन लाख ५० हजार आम्दानी गर्ने गरेको बताए । दिनानुदिन बढ्दै गएको मूर्तिको मागले यहाँका मूर्तिकारलाई सरस्वती पूजाको बेला दिनरात काम गर्नुपर्ने र मौसमअनुसार मूर्ति तयार गर्नुपर्ने चुनौती रहने गरेको छ । जिल्लाका मूर्तिकारले प्रत्येक वर्ष सरस्वतीको मूर्तिका साथै अन्य पूजा जस्तै गणेश, विश्वकर्मा, काली, दुर्गा पूजाका लागि पनि मूर्ति निर्माण गर्ने गरेका छन् ।

जिल्लामा पहिला पहिला पण्डित (कुमाले) जातिले मात्र मूर्ति बनाउने गरेकामा अहिले विभिन्न जातिका व्यक्तिले मूर्ति निर्माणलाई व्यावसायिक रुप दिएर विभिन्न जातजाति संलग्न रहेको पाइन्छ । यस वर्ष माघ २१ गते देशभरि श्रीपञ्चमी तथा सरस्वती पूजा मनाइँदै छ ।

 

वि.सं.२०८१ माघ १३ आइतवार १०:५७ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...