back
CTIZAN AD

फागुन १३ देखि १७ सम्म तामेकोट समिट हुने

वि.सं.२०८१ माघ १३ आइतवार

1.7K 

shares

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका-५, मा हुने तामेकोट समिट २०८१को मिति घोषणा गरेको छ । ऐतिहासिक निर्माणधिन तामेकोटको बागी मञ्चमा बसेको भेलाले यही फागुन १३ गतेदेखि १७ गतेसम्म तामेकोट समिट २०८१ गर्ने निर्णय गरेको हो ।

विभिन्न राजनीतिज्ञ, अर्थविद्, बुद्धिजीवी, प्राध्यापक, साहित्यकार, चलचित्रकर्मी तथा रङ्गकर्मीहरूको उपस्थितिमा महोत्सव हुने हात्तीस्तान फाउन्डेसनका अध्यक्ष डा.शिवशङ्कर बस्यालले जानकारी दिए ।

हात्तीस्तान फाउन्डेसनका अध्यक्ष डा. शिवशङ्कर बस्यालको अध्यक्षतामा १५ सदस्य महोत्सव आयोजक समिति गठन भएको छ ।
आयोजक समितिमा वडाध्यक्षहरू घनश्याम भट्टराई, दीप छिरिङ गुरुङ, ढाकाराम न्यौपाने,  झबिलाल पाण्डे, दलबहादुर सिंजाली, अशोक थापा, समाजसेवी थानेश्वर न्यौपाने लगायत रहेका छन् ।

समितिल नगर प्रमुख गुरुप्रसाद भट्टराई र उपप्रमुख हेमा न्यौपानेलाई महोत्सवको संरक्षकका रूपमा मनोनयन गरेको छ ।  गल्याङ नगरपालिका–५, का वडा अध्यक्ष घनश्याम भट्टराईको सभापतित्वमा भएको भेलामा गल्याङ नगरपालिकाका उप–उपप्रमुख हेमा न्यौपानेको प्रमुख आतिथ्यता थियो ।

भोलामा कार्यक्रमको सञ्चालन हात्तीस्तान फाउन्डेसनका अध्यक्ष डा. शिवशङ्कर बस्यालले गरेका थिए । तामेकोट ऐतिहासिक भुरेटाकुरे राजाको राजदरबार, प्रसिद्ध रानिफाल भएको स्थानका रूपमा परिचित छ ।

वि.सं.२०८१ माघ १३ आइतवार ११:५३ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...