back
CTIZAN AD

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

वि.सं.२०८१ माघ १३ आइतवार

600 

shares

देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले ढाकेको छ । यहाँका किसानले बर्सिम घाँसखेती गरेर पशुपालनमा सहज भएको बताएका छन् । किसान नगदेबालीका रुपमा घाँसखेती गर्न थालेका छन् ।

घोराही उपमहानगरपालिका–६ की सरस्वती शर्माले एउटा गाई र आठ बाख्रा पाल्नुभएको छ । घर छेउको १५ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेको उनले बताईन् । गाई र बाख्रालाई बर्सिम घाँस खुवाएर पाल्न सजिलोे भएको उनी बताउँछन् । “हिउँद याममा आफ्नो १५ कट्ठा खेतमा तोरी, मसुरो र गहुँको साटोमा बर्सिम घाँस लगाउने गरेको छु”, उनले भनिन्, “पूरै खेतमा घाँस लगाउन थालेको छ वर्ष भयो, हरियो हँुदा काटेर गाई बाख्रालाई खुवाउन पनि पाइएको छ ।”

सुकेको डाँठलाई पनि खुवाउन पाइने र फल लाग्यो भने बिक्री गर्न पाइने यो अत्यन्तै उपयोगी घाँस भएको उनले बताईन् । उनले भनिन्, “गाई बाख्राका लागि घाँस खोज्न भौतारिनुपरेको छैन, सजिलै आफ्नै खेतबारीबाट प्राप्त गर्न सकिने भएकाले समयको बचत पनि भएको छ ।”

घोराही–६ बचाहाका बालकृष्ण खनालले १७ कट्ठा खेतमा यो घाँस लगाएका छन् । उनले व्यावसायिक रुपमा बाख्रा पाल्नुभएको छ । उनीसँग ७० बाख्रा छन् । उनले हिउँदमा बर्सिम लगाएपछि एक याममा चारदेखि पाँच पटकसम्म काटेर खुवाउनाले बाख्रापालन सजिलो भएको बताए । बर्सिम घाँसखेती गर्दा मल पनि छर्न नपर्ने र धानमा हालेको मलले घाँसलाई पनि काम गर्ने भएकाले खेती गर्न सजिलो भएको उनले बताए । बीउ छरेपछि गोडमेल र स्याहार्न झन्झटिलो नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो । गाईभैँसी, भेडा र बाख्रा सबैलाई यो घाँसले फाइदा पु¥याउँछ ।

घोराही–१७ कर्जाहीका विकास चौधरीले दुई भैँसी र आठ बाख्रा पालेका छन् । उनले भने, “बाह्र कट्ठा खेतमा बर्सिम घाँस छरेको छु, बस्तुभाउलाई पाल्न सजिलो भएको छ ।” घरमै बीउ उत्पादन गरेर वर्षेनी घाँसखेती गर्ने गरेको उनले बताए ।

“एकपटक काटेर सकियो, यहाँका धेरैजसो पशुपालक किसानको घाँसखेतीमा आकर्षण बढेको छ, वर्षात्को समयमा लगाएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर यो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ, कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन्, हरियो र सुकेको बर्सिम घाँस गाईबस्तुलाई खुवाउन एकदमै राम्रो मानिन्छ”, उनले भने ।

घोराही–६ का कृषकहरुले १२ देखि साढे दुई बिघामा घाँसखेती गरेका छन् । अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको हो । घोराही–६ को गुरुवागाउँ, गुरगै, बेरुवागाउँ, जजरागाउँ, बेरगै, फचकपुर र अघरा तथा घोराही–१७ को गैरागाउँका किसानले बर्सिम घाँसखेती गरेका छन् । अहिले पूरै खेतभरि हरियो बर्सिमखेती देख्न सकिन्छ । अहिले उक्त क्षेत्रमा रहेका एक सय ६० घरपरिवारले घाँसखेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिए । लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउँछन् ।

उनका अनुसार जोत्न नपर्ने, मल हाल्नु नपर्ने र धानमा हालेको मलले काम गर्ने भएकाले मलको बचत हुन्छ । पटकपटक सिँचाइ पनि गर्न नपर्ने भएकाले कृषकलाई थप सहज हुने गरेको छ । धानखेतीपछि बर्सिम घाँसखेती गर्ने गरिन्छ । यसलाई (ग्रिनगोल्ड) का नामले पनि चिनिन्छ । पछिल्लो समय दाङका सबै जसो पालिकाका किसानले यो घाँसखेती गर्न थालेका छन् । यो घाँस खाएका पशुले दूध उत्पादन बढाउने गरेकाले अत्यन्तै लाभकारी भएको अधिकारीले बताए ।

 

वि.सं.२०८१ माघ १३ आइतवार १६:२४ मा प्रकाशित

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालसँगको चिरस्थायी मित्रतायुक्त रणनीतिक सहकार्य...

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले...

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी...

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य...