back
CTIZAN AD

उपकरण अभावमा सुरक्षाकर्मीलाई काम गर्न कठिन

वि.सं.२०८१ माघ १५ मंगलवार

591 

shares

धरान (सुनसरी) । जिल्लामा लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेनगरेको पत्ता लगाउन उपकरण अभावमा सुरक्षाकर्मीलाई काम गर्न कठिन भएको छ ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जिल्लामा लापसे र मापसे गर्नेलाई कारवाही गर्न राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, ट्राफिक प्रहरी र प्रहरी अस्पतालका स्वास्थ्यकर्मीसहितको टोलीले नियमित चाँज गरिरहेको बताए । आर्थिक वर्ष २०८०/८१ को साउनदेखि पुससम्म मापसे गरी सवारीसाधन चलाउने सात सय ३२ जना र लापसे गरी सवारीसाधन चलाउने ४३ जनालाई कारबाही गरिएको उनले जानकारी दिए ।

सो अवधिमा लापसे र मापसे गरी सवारीसाधन चलाउँदा नौ सवारी दुर्घटना भएका थिए । “अधिकांशले भारतीय सीमा क्षेत्रमा गएर लापसे र मापसे गर्ने गरेको पाइएको छ”, प्रहरी उपरीक्षक तिमल्सिनाले भने । उनका अनुसार सो अवधिमा लापसे र मापसे गरेका व्यक्तिबाट रु चार लाखभन्दा बढी राजस्व असुली गरिएको छ ।

“लापसे र मापसे गर्नेलाई निरुत्साहित गर्न सचेतना अभियान चलाएका छौँ”, उनले भने । रासस

वि.सं.२०८१ माघ १५ मंगलवार १५:४८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...