back
CTIZAN AD

शङ्खरापुरको विकासमा प्रदेश सरकारले सहयोग गर्ने

वि.सं.२०८१ माघ १६ बुधवार

480 

shares

शङ्खरापुर (काठमाडौँ) । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले कला संस्कृतिको धरोहरका रूपमा रहेको शङ्खरापुरको विकासमा प्रदेश सरकारले भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

शङ्खरापुर सक्व महोत्सव–२०८१ को आज उद्घाटन गर्दै मन्त्री ठकुरीले भन्नुभयो, “म शङ्खरापुर नगरपालिकासँग नजिक छु । शङ्खरापुर भित्र रहेका कला संस्कृतिको संरक्षण, प्रवद्र्धन गर्न प्रदेश सरकारका तर्फबाट भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश नापितले शङ्खरापुरको चिनारी संसारभर पु–याउन आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन तथा ओझेलमा रहेका विभिन्न मूर्त अमूर्त सम्पदालाई जिवन्तता दिन महोत्सव आयोजना गरिएको जानकारी दिए । महोत्सवमा सांस्कृतिक झाँकी, परम्परागत नेवारी जीवनशैली, ऐतिहासिक सम्पदाको जानकारी, रैथाने उत्पादन, धार्मिकस्थल, महत्वपूर्ण जात्रा, पर्वहरू, शङ्खरापुर सक्वको जानकारीका साथै नेवारी खानाका परिकार, नेवा भ्वय्, विभिन्न नाच, साहित्यक तथा शैक्षिक प्रदर्शनी, स्थानीय हस्तकला, मूर्तिकला, काष्टकला, चित्रकला एवं वैभवशाली फोटो प्रदर्शनीमा राखिएको छ ।

महोत्सवका संयोजक राधाकृष्ण श्रेष्ठले शङ्खरापुर सक्व महोत्सव –२०८१ ऐतिहासिक महोत्सव भएको बताए ।

साँखुको शालीनदी अवलोकन गर्न आउने पर्यटकलाई सक्व बजार भ्रमण गराउने परिकल्पनाका साथ महोत्सव आयोजना गरिएको उनको भनाइ छ । महोत्सव शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

वि.सं.२०८१ माघ १६ बुधवार १९:१५ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

काठमाडौँ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...